7 years ago
June 9, 2019
पोर्टो (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोलाई आफ्ना रक्षकहरु भर्जिल भान डाईक र माथिज डी लिट रोक्न सक्षम रहेको नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्डो कोएम्यानले बताएका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र नेदरल्यान्ड्बीच आज राती युइएफए नेसन्स लिगको फाइनल हुँदैछ ।

दुवै टोलीको लक्ष्य दोस्रो अन्तर्राष्ट्रिय उपाधि भित्राउनु हुनेछ । घरेलु टोली पोर्चुगल सन् २०१६ को युरो पछि अर्को उपाधि जित्ने दाउमा रहँदा नेदरल्यान्ड्स लामो समयको उपाधि खडेरी तोड्ने लक्ष्यका साथ उत्रनेछ । नेदरल्यान्ड्स १९८८ यता उपाधि विहिन छ ।
रोनाल्डो उच्च फर्ममा छन् । स्विट्जल्यान्डविरुद्धको सेमिफाइनलमा रोनाल्डोले ह्याट्रिक पुरा गरेका थिए । यद्दपी कोएम्यान रोनाल्डोलाई रोक्न आफ्ना खेलाडी सक्षम रहेको बताउँछन् ।

‘हामीले उनीहरुसँग स्विजरल्यान्डमा खेलेको लामो समय भएको छैन । भान डाईकले मात्र रोनाल्डोलाई रोक्ने होइनन् ,’ प्रशिक्षक कोएम्यानले भने,‘ डी लिट रोनाल्डोलाई रोक्ने सक्षम छन् । तर, पनि रोनाल्डोलाईले राम्रा रक्षकविरुद्ध पनि मौका बनाउन सक्छन् । त्यहि नै फुटबलको सुन्दर पक्ष हो । उनको स्तर यति माथि छ की चाहेर मात्र केहि गर्न सकिन्न ।’
कोएम्यानले आफ्ना रक्षकको निकै तारिफ खेले । ‘ उनीहरु दुवै उत्कृष्ट रक्षक हुन् । माथिजमा क्षमता वान खेलाडी हुन् । सिजनभर भर्जिलले पनि आफ्नो क्षमता प्रदर्शन गरेका छन्’, उनले भने,‘हाम्रा दुई रक्षकले इङ्ल्यान्डविरुद्ध उच्च प्रदर्शन गरेका थिए । हामीले उच्च प्रदर्शन गर्दै निकै मौका सिर्जना गर्यौं ।’
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]