7 years ago
June 9, 2019
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई सडन डेथमा ६-५ ले पराजित गरेको छ ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा दुवै टोलीका ५-५ खेलाडीले गोल गरे । सडन डेथमा इंग्ल्यान्डका एरिक डाएरले गोल गर्दा जोसिप ड्रीमिचको प्रहार इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले बचाए ।

त्यसअघि टाइब्रेकरमा पिकफर्डसँगै ह्यारी मगाएर, रस बार्क्ली, जेडन सान्चो र रहिम स्टरलिङले गोल गरे । स्विट्जरल्यान्डका स्टिभन जुबर, ग्रानिट झाका, म्यानुएल अकन्जी, केभिन बाबु र फाबियन सारले गोल गरेका थिए । नियमित समयको खेलमा स्टरलिङ र इंगलिस कप्तान ह्यारी केनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
प्रतियोगिताको सेमिफाइनलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई र नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई हराएको थियो । विजयी दुई टोली आज राति नै फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]