default_image

7 years ago

June 15, 2019

ब्राजिलको सहज जित

175 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ को उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले बोलिभियामाथि सहज जित हासिल गरेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिलले ३-० को जित दर्ता गरेको हो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । ब्राजिलका आक्रमणमा खेल्ने खेलाडीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा भने ब्राजिलले सुरुवाती समयदेखि थप आक्रमण गर्दै अग्रता लिन सफल भएको थियो ।

ब्राजिलका लागि फिलिपे कोउटिन्होले ५० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । बोलिभियाका डिफेन्डरले ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा निर्णय लिएका थिए । पेनाल्टीमा गोल गरेको तीन मिनेटपछि नै कोउटिन्होले अग्रता दोब्बर पारे । उनले रोबर्टो फिर्मिनोको क्रसलाई ६ यार्ड बक्सभित्रबाट अनमार्क रहेको अवस्थामा हेडरमार्फत गोल गरे ।

खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विंगर एभरटनले गोल गर्दै सहज जित पक्का गरे । उनले मैदानको बायाँ विङ्गबाट बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गोल गर्न सफल रहे ।

यस जितसँगै ब्राजिलले पहिलो खेलमा नै ३ अंक जोड्न सफल रहेको छ । ब्राजिलको समूहमा बोलिभियासँगै पेरु र भेनेजुएला रहेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.