default_image

7 years ago

June 15, 2019

हिगुआइन अझै दुई वर्ष युभेन्टसमै रहने

150 views

0 Bookmark

एजेन्सी – अर्जेन्टाइन तथा युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइनका एजेन्ट निकोलसले हिगुआइन अझै दुई वर्ष युभेन्टसमै रहने भएका छन् ।

यसै सिजन लोनमा एसी मिलानबाट इंग्लिस क्लब चेल्सी पुगेका हिगुआइनले चेल्सीमा निर्क संघर्ष गरेका थिए । गत जनवरीमा ६ महिनाका लागि चेल्सी पुगेका हिगुआइनले १४ खेलमा मात्रै ५ गोल गर्न सफल भएका थिए ।

उनका दाई तथा एजेन्ट निकोलसले हिगुआइन अझै दुई वर्ष युभेन्टसमा रहने र यसका लागि सम्झौता नवीकरण गर्नुपर्ने बताएका छन् । उनले हिगुआइनलको चाहना युभेन्टसमै बस्ने रहेको पनि थपेका छन् ।

‘युभेन्टसमा उनको प्रदर्शन निकै राम्रो रहेको थियो । तर, उनले चेल्सीमा सोचेजस्तो खेल्न सकेनन् । उनले युभेन्टसमा निकै राम्रो खेलनेछन्, ’ निकोलसले भने, ‘उनले युभेन्टसको प्रस्तावलाई स्वीकार्दै पुन टुरिनमा खेल्नेछ । तर, यो उनको निर्णयमा भर पर्नेछ ।’

३१ वर्षीय हिगुआइनले घरेलु क्लब रिभर प्लेट फर्कन सक्ने सम्भवना रहँदा एजेन्ट निकोलसले हिगुआइनमा अझैपनि टप लिग खेल्न सक्ने क्षमता रहेको बताएका छन् ।

चेल्सीका पुर्व प्रशिक्षक मौरिसियो सार्री युभेन्टसमा जाने सम्भावना रहँदा गोन्जालो हिगुआइन अझै पनि युभेन्टसमा रहने बुझिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.