default_image

7 years ago

June 15, 2019

अर्जेन्टिनाको सुरुवाती ११ सार्वजनिक

186 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूहको पहिलो खेलमा अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्दैछ । नेपाली समयानुसार खेल आइतबार विहान ३:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले खेलको एक दिन अगाडी नै कोलोम्बियाविरुद्ध खेल्ने सुरुवाती ११ घोषणा गरेका छन् । टोलीको कप्तानी लिओनेल मेस्सीले गर्नेछन् । उनलाई आक्रमणमा सर्जियो अगुएरो र एन्जल डी मारियाले साथ दिनेछन् । यसक्रममा युभेन्टसका फरवार्ड पाउलो डिबाला र इन्टर मिलानका लौटारो मार्टिनेज भने बेन्चमा नै रहनेछन् । मार्टिनेजले पछिल्लो मैत्रीपूर्ण खेलमा निकारागुवाविरुद्ध दुई गोल गरेपछि अर्जेन्टिना ५-१ ले विजयी रहेको थियो ।

अर्जेन्टिनाले पछिल्लो १० खेलमा ६ जित,१ बराबरी र ३ हार बेहोरेको छ । फिफा वरीयतामा ११ औं स्थानमा रहेको अर्जेन्टिना प्रतियोगिताको वरीयतामा तेस्रो स्थानमा छ । ब्राजिल फिफा वरीयतामा तेस्रो र उरुग्वे छैटौं स्थानमा छन् । अर्जेन्टिनाको विपक्षी टोली कोलोम्बिया १४ औं स्थानमा छ ।

अर्जेन्टिनाको गोलरक्षकमा अर्मानी रहने छन् । डिफेन्समा निकोलस टाग्लीआफिको, जर्मन पेजेला, निकोलस ओटामेन्डी र सारविया रहेका छन् । मिडफिल्डमा लिआन्द्रो पारेडेस र गुइडो रोड्रीग्वेजले जिओभानी लो सेल्सोसँग मिलेर आक्रमणलाई सहयोग गर्नेछन् ।

अर्जेन्टिना सम्मिलित समूह बी मा एसियाली च्याम्पियन कतार, कोलोम्बिया र पाराग्वे रहेका छन् । यसअघि ब्राजिलले प्रतियोगिताको उद्घाटन खेलमा बोलिभियालाई पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।

यो पनि : नेपाली समयमा कोपा अमेरिकाको पूर्ण खेलतालिका

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.