7 years ago
June 18, 2019
म्याड्रिड (एजेन्सी)– गत साता रियल म्याड्रिडले नयाँ खेलाडी इडेन हाजार्डलाई समर्थकमाझ सार्वजनिक गर्यो । उक्त समयमा बेर्नाबेउमा ५० हजार समर्थकले केलियन एमबाप्पेलाई ल्याउनुपर्ने माग गर्दै चर्को अवाज गरिरहँदा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान मुस्कुराए ।

त्यो माहौलले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजमाथि दबाब परेको थियो । त्यहाँ त्यत्रो दर्शकको उपस्थिति भने चेल्सीबाट आएका इडन हाजार्डलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । जिदानलाई थाहा छ उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) का एम्बाप्पेलाई ल्याउन सम्भव छैन । तर उनले पाउल पोग्बा भित्राउने सम्भावना भने अझै छाडेका छैनन्
अघिल्लो सिजनको अन्त्यतिर क्लब सम्हालेयता जिदानले टोलीलाई पूर्न निर्माण गर्ने योजनामा छन् । जिदानलाई पुनः रियलमा फर्कन कठिन थियो । क्लबको योजनालाई किनारामा राख्दै जिदानले सिजनको सुरुवातमा क्लब छाडेका थिए ।
त्यति बेला उनलाई थाहा थियो क्रिस्टियानो रोनाल्डो बेचिदै छन् भन्ने । रोनाल्डोको ठाँउ लिने खेलाडी अर्को आउने सम्भावना कम देखिएको थियो । पछिल्लो सिजन क्लबको ठूलो सम्झौता भनेको थिबाउट कोर्टुवा थिए । च्याम्पियन्स लिग लगातार तीन पटक जितेपछि जिदानले क्लबलाई नयाँ संरचना दिने सोच बनाएका थिए । तर, त्यस्तो हुन सकेन ।

अहिले फेरि जिदान रियलका प्रशिक्षक बनेका छन् । एक वर्षभन्दा कम समयमा उनले क्लबमा पुनरागमन गरेका थिए । क्लबले उनलाई जस्तो चाहन्छन् त्यस्तै क्लब बनाउने छुट दिएको छ । उनले जे चाहन्छन् क्लबले त्यसका लागि प्रयास गर्नेछ । जिदानले नाभास भन्दा कोर्टुवामाथि विश्वास गरेका छन् । भलै त्यसमा क्लबको फरक धारणा छ ।
जिदान ग्यारेथ बेललाई आफ्नो टोलीमा राख्न चाहदैनन् । कारण, पछिल्लो सिजन पनि बेलको प्रदर्शन राम्रो हुन सकेन । ठूलो रकममा सम्झौता गरेर पनि उनले उच्च प्रदर्शन गर्न सकिरहेका छैनन् । जिदान नयाँ सम्झौता गरेर भएपनि सर्जियो रामोसलाई राख्न चाहन्छन् । तर, क्लब भने ३३ वर्षे रामोससँग नयाँ सम्झौता गर्ने पक्षमा खासै देखिदैन ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]