7 years ago
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)-युवा फरवार्ड रश्मी कुमारी घिसिङको उत्कृष्ट प्रदर्शनमा चन्द्रपुर नगरपालिका रौतहटले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित दर्ता गरेको छ । रश्मी एक्लैले ८ गोल गरेपछि भीमेश्वर नगरपालिकामाथि फराकिलो जितसहित प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा शनिबार भएको खेलमा उपाधिको दावेदारको रुपमा हेरिएको चन्द्रपुरले भीमेश्वर नगरपालिकामाथि २२–० को फराकिलो जित निकालेको हो ।
चन्द्रपुरको फराकिलो जितमा यु–१९ राष्ट्रिय महिला टोलीका महन्तपुर्ण सदस्य रश्मी कुमारी घिसिङ एक्लैले ८ गोल गरिन् । राष्ट्रिय टोलीका सदस्य मन्जली योन्जनले ह्याट्रिकसहित ४ गोल गर्दा मेनुका आले मगरले ह्याट्रिक पुरा गरिन् । मेनुका नगरकोटे, मनिषा राउतले समान २ गोल गर्दा रजनी थोकर, निशा थोकर र समृद्धि सिंहले समान १ गोल थपिन् ।
लगातार दोस्रो जितसँगै चन्द्रपुर २ खेलबाट ६ अंक जोडेर समूह ‘सी’ मा शीर्षस्थानमा उक्लिएको छ । समान १ खेलबाट काठमाडौं र बाह्रबिसे ३ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ । गोदावारी र भीमेश्वर अंकविहीन हुदै पुछारमा छ ।
शनिबारै बाह्रविसे नगरपालिका सिन्धुपाल्चोकले गोदावारी नगरपालिकालाई २–१ पराजित गरेको छ । बाह्रबिसेको जितमा अनु राई र सुष्मा तामाङले गोल गरिन् । गोदावारीका दीपा शाहीले एक गोल फर्काइन् ।
शनिबारै भएको समूह ‘ए’ को खेलमा वालिङ नगरपालिका स्याङ्जाले शम्भुनाथ नगरपालिका स्याङ्जालाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
एकपक्षीय खेलमा वालिङको फराकिलो जितमा शान्ता नेपालीले ५ गोलसहित ह्याट्रिक पुरा गरिन् । यस्तै सरस्वती हमालले ४ गोल गरिन् । अस्मिता रानपाल र लेख माया मास्कीले समान १ गोल गर्दै टोलीको फराकलो जित पक्का गरे ।
प्रतियोगितामा आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा शम्भुनाथ नगरपालिका र बासगढी नगरपालिका तथा दोस्रो खेलमा वालिङ नगरपालिका र घोराही नगरपालिकाबीच खेल हुनेछ । सबै खेल हल्चोकमा हुनेछ ।
१८ टोलीले सहभागिता जनाएको प्रतियोगिता ११ असारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ३ लाख रुपैया पाउनेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]