7 years ago
June 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा स्टार फरवार्ड भरत खवास सैन्य तालिमका लागि शनिबार थाइल्यान्ड प्रस्थान गरेका छन् ।

नेपाली सेनाका लेफ्टिनेन्ट रहेका भरत तीन महिने फ्लाइट डिसप्याचर र फ्लाइट अपरेसन अफिसर तालिमका लागि थाइल्यान्ड प्रस्थान गरेका हुन् ।
खवासले सिभिल एभिएसन ट्रेनिङ सेन्टरमा तालिम लिनेछन् । नेपाली राष्ट्रिय टोलीका उपकप्तान तथा आर्मी क्लबका कप्तान रहेका भरतले चोटका कारण पछिल्लोपटक मलेसिया र चाइनिज ताइपेईविरुद्धको खेल गुमाएका थिए ।
नेपालले विश्वकप छनोट अन्तर्गत नेपालले सेप्टेम्बरदेखि दोस्रो चरणको छनोटअन्तर्गत प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ड्र जुलाईमा हुनेछ । भरतले विश्वकप छनोटका लागि नेपाल आइपुग्ने छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]