default_image

7 years ago

June 16, 2019

भेनेजुएला र पेरुको बराबरी

99 views

0 Bookmark

एजेन्सी – भेनेजुएला र पेरुले कोपा अमेरिका कप फुटलबमा बराबरी खेल्दै अंक बाँडेका छन् । पोर्टाेमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही मौका खेर फाल्दा अंक बाड्न बाध्य बनेको हो ।

पेरुका दुई खेलाडी क्रिस्टोफोर गोन्जालेस र जेफर्सन फरफानले गोलले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) बाट मान्यता नपाउदा बराबरीमा रोकिन पुग्यो ।

खेलको ११औं मिनेटमा क्रिस्टोफर गोन्जालेसको गोलले भिएआरको मान्यता पाए । १९औं मिनेटमा जेफर्सन फरफानले अर्काे गोल गरेपनि भिएआरको मान्यता नपाउदा अग्रता लिनबाट चुक्यो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न असफल हुदा बराबरीमा रोकिन पुगे । ७५औं मिनेटमा लुइस डेल पिनो दोहोरो पहेंलो कार्ड खादै मैदान बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा पेरुले उठाउन सकेन ।

बराबरीसँगै दुवै टोलीले समुह ‘ए’ मा समान १ अंक जोड्न सफल भए । यो समूहमा ब्राजिल ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्राजिलले शनिबार बिहान बोलिभियालाई ३–० ले पराजित गरेको थियो ।
अब पेरुले बोलिभियासँग तथा भेनेजुएलाले मंगलबारै आयोजक ब्राजिलको सामना गर्नेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.