7 years ago
June 16, 2019
एजेन्सी – कोन्काफ गोल्डकप फुटबल प्रतियोगितामा मेक्सिकोले फराकिलो जित हात पारेको छ ।

समूह ‘ए’ को खेलमा आइतबार बिहान भएको खेलमा मेक्सिकोले क्युवामाथि ७–० को फराकिलो जित हात पारेको हो । मेक्सिकोको जितमा कार्लाेस एन्टुनाले ह्याट्रिक पुरा गरे । राहुल जिमिनेजले दुई तथा डिएगो रियस र एर्नेस्टो भेगाले समान १ गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै कार्लाेसको गोलमा मेक्सिकोले खेलमाअग्रता बनाएको थियो । ३१औं मिनेटमा राहुल जिमिनेज, ३८औं मिनेटमा डिएगो रियसले तथा ४४औं मिनेटमा कार्लाेसले व्यक्तिगता दोस्रो गोल गरेपछि मेक्सिको पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनाएको थियो ।
६४औं मिनेटमा राहुल जिमिनेजले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ७४औं मिनेटमा इर्नेस्टोले गोल गर्दै मेक्सिकोलाई फराकिलो जिततर्फ डो¥याए ।
८०औं मिनेटमा कार्लाेसले गोल गर्दै ह्याट्रिक पुरा गर्दै मेक्सिकोको ७–० को जित पक्का गरे ।
यही समूहको अर्काे खेलमा मार्टिनीक्युलाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
समूह ‘ए’ मा मेक्सिकोसँगै क्यानडा, मार्टिनक्यु र क्युवा रहेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]