7 years ago
June 16, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भयो । पहिलो खेलमा नै हार बेहोरेपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले मैदानको अवस्थालाई दोष दिएका छन् ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा कोलोम्बियाले दुई गोल गर्दै जित दर्ता गरेको थियो । रोजर मार्टिनेजको उत्कृष्ट गोलमा अग्रता लिएको कोलोम्बियाले खेलको ६ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी डुभान जपाटाको गोलसँगै महत्त्वपूर्ण ३ अंक हासिल गरेको थियो । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले मैदानको खराब अवस्थालाई पनि दोष दिए ।
‘ मलाई लाग्छ मैदानको अवस्था दुखलाग्दो थियो । पहिलो खेल हुँदा पनि खेल्न सहज अवस्था थिएन,’ उनले थपे, ‘ अबको दुई-तीन खेलमा मैदान खेल्नलायक हुन्छ जस्तो लाग्दैन । पहिलो खेलमा मैदानको स्थिति अझै राम्रो हुनुपर्ने थियो । विश्वस्तरीय खेलाडी खेल्ने मैदानको यो अवस्था लाजलाग्दो नै थियो ।’
अर्जेन्टिनाले सन् १९७९ यता पहिलोपटक कोपा अमेरिकाको उद्घाटन खेलमा हार बेहोरेको हो । पहिलो खेलमा पराजित अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेको सामना गर्दैछ । प्रशिक्षक स्कालोनीले दोस्रो हाफमा राम्रो प्रदर्शन गरेका कारण अर्को खेलमा टोलीले नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]