7 years ago
June 17, 2019
एजेन्सी – फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा उरुग्वेले इक्वेडरलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

उरुग्वेले खेलको सुरुवाती समयमा नै अग्रता लिँदै पकड जमाएको थियो । लुइस सुआरेजको पासमा निकोलस लोडीएरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । २४ औं मिनेटमा जोसे क्विन्टेरोस सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सिमित भएको थियो । ३३ औं मिनेटमा डिएगो गोडीनको पासमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । उनले गोडीनको हेडर पासलाई ६ यार्ड बक्सभित्र उत्कृष्ट भली प्रहार गर्दै गोल गरेका थिए ।
पहिलो हाफको एक मिनेट बाँकी रहँदा सुआरेजले मार्टिन कासेरेसको पासमा गोल गर्दै उरुग्वेलाई ३-० को अग्रता दिलाए । कर्नरमा क्लियर हुन नसकेको बललाई सुआरेजले ६ यार्ड बक्स भित्रबाट गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा य्र्य्गवेले आक्रमण बुनेपनि गोल थप्न भने आत्मघाती गोलको सहारा लिनुपर्यो । अर्टुरो मिनाको आत्मघाती गोलमा उरुग्वेले ७८ औं मिनेटमा ४-० को अग्रता बनायो । मिनाले क्लियर गर्न खोजेको प्रहार सिधै आफ्नै पोस्टमा छिरेको थियो ।
यस जितसँगै उरुग्वेले समूह ‘सी’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । इक्वेडर र उरुग्वेसँगै यस समूहमा जापान र चिली पनि रहेका छन् । उरुग्वेले अब अर्को खेलमा शुक्रबार जापानसंग खेल्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]