default_image

7 years ago

June 18, 2019

चिलीसँग जापानको फराकिलो हार

108 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत आमन्त्रित टोलीको रुपमा सहभागिता जनाएको जापान पहिलो खेलमा साविक विजेता चिलीसँग पराजित भएको छ । फरवार्ड एडुआर्डो भार्गासले २ गोल गरेपछि साविक विजेता चिलीले ४-० को जित दर्ता गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा चिलीले अग्रता लिएको थियो । मिडफिल्डर चार्ल्स अरान्गीजको पासमा एरिक पुल्गरले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औं मिनेटमा माउरिसियो इस्लाको पासमा भार्गासले गोल गर्दै चिलीको अग्रता दोब्बर पारे ।

८२ औं मिनेटमा एलेक्सिस सान्चेजले अरान्गिजको पासलाई सदुपयोग गर्दै जित पक्का गरे । त्यसको एक मिनेट नबित्दै सान्चेजको पासमा भार्गासले व्यक्तिगत दोस्रो गोल गरे । कोपा अमेरिकाको पछिल्लो दुवै संस्करणमा चिली च्याम्पियन हुँदा भार्गास सर्वाधिक गोलकर्ता बनेका थिए । उनले यस संस्करणमा पनि सुखद सुरुवात गरेका छन् ।

यता जापानले रियल म्याड्रिडले यसै साता भित्र्याएका ताकेफुसा कुबोलाई ९० मिनेट मैदानमा उतारेपनि गोल गर्न सकेन । दुवै टोलीले उत्तिकै अवसर पाएपनि जापानले आक्रमणमा भने फितलो प्रदर्शन गरेको थियो । जापानले अब शुक्रबार बिहान हुने दोस्रो खेलमा उरुग्वेको सामना गर्नेछ । यस समूहमा उरुग्वेले पहिलो खेलमा इक्वेडरमाथि ४-० को नै जित दर्ता गरेको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.