default_image

7 years ago

June 18, 2019

‘अहिलेको अर्जेन्टिनालाई जसले पनि हराउँछ’ – म्याराडोना

119 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोनाले कोपा अमेरिकाको पहिलो खेलमा कोलोम्बियासँग पराजित भएपछि लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीको आलोचना गरेका छन् ।

अर्जेन्टिनाले समूह ‘बी’ को पहिलो खेलमा कोलोम्बियासँग २-० को हार बेहोर्दै प्रतियोगितामा खराब सुरुवात गरेको हो । पहिलो हाफमा सुस्त प्रदर्शन गरेको अर्जेन्टिनाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि जित दर्ता गर्न भने सकेन । कोलोम्बियाले अग्रता लिनुभन्दा केहि समय अगाडी मेस्सीले गोलरक्षक पोजिसनमा नभएको अवस्थामा हेडरलाई पोस्टको दिशा दिन नसक्दा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो ।

अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप दिलाउन महत्त्वपूर्ण योगदान दिएका म्याराडोनाले पहिलो खेलबारे अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै टोलीको प्रदर्शन निकै खराब रहेको बताए । ‘ अर्जेन्टिनाले निकै खराब प्रदर्शन गर्यो । यस्तो अवस्थामा टोङ्गाले पनि अर्जेन्टिनालाई पराजित गर्न सक्छ,’ उनले थपे, ‘ हामीले राष्ट्रिय टोलीका लागि खेल्दा बेग्लै गौरव अनुभूति गर्थ्यौं । अहिले त्यो सब कहाँ छ? राष्ट्रिय टोलीको जर्सी भनेको आमा समान हुन् ।’ टोङ्गा फिफा वरीयतामा २ सय २ स्थानमा रहेको टोली हो ।

अर्जेन्टिनाले समूह ‘बी’ को खेलमा पाराग्वेको सामना गर्दैछ । यस समूहमा कतार र कोलोम्बिया पनि रहेका छन् । यसअघि कतार र पाराग्वेको खेल २-२ को बराबरीमा सकिएको थियो ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.