default_image

7 years ago

June 18, 2019

बार्सिलोना नेयमारलाई फर्काउने कसरतमा

120 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विश्वका महँगा खेलाडी नेयमारलाई उचित मुल्य पाए बेच्ने बताइरहँदा स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पुर्व खेलाडी नेयमारलाई अनुब्नध गर्न चासो देखाएको छ ।

बार्सिलोनाले नेयमारलाई भित्र्याउने तयारी अगाडी बढाउने क्रममा औसमाने डेम्बेले, इभान राकिटिक र स्यामुयल उम्टिटीलाई उचित मूल्यको प्रस्ताव आए विक्री गर्ने गृहकार्य थालेको छ । चार सिजन बार्सिलोनामा बिताएर सन् २०१७ मा फ्रान्स पुगेका नेयमारले पनि बार्सिलोना फर्कने संकेत दिएका छन् । उनी विश्व कीर्तिमानी  १ सय ९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए ।

ग्लोबो स्पोर्टस्का अनुसार बार्सिलोना र पीएसजीका उच्च अधिकारीहरुबीच यसै समरमा नेयमारको विषयमा सहमति नजिक पुगिसकेको उल्लेख गरेका छन् । ग्लोबोका अनुसार नेयमारको मुल्य १ सय ९० मिलियन पाउन्ड राखिएको छ । तर बार्सिलोना आफूले बेचेको मूल्यभन्दा केहि कममा फिर्ता लिने पक्षमा छ ।

चोटका कारण नेयमारले घरेलु भुमिमा आयोजना भइरहेको कोपा अमेरिका कप समेत गुमाएका छन् । प्रतियोगिता सुरु हुनुअघि कतारविरुद्धको मैत्रीपुर्ण खेल दौरान नेयमारले दायाँ खुट्टाको एंकलमा चोट बोकेका थिए । बार्सिलोनाका स्टार लुईस स्वारेज ब्राजिली खेलाडी नेयमारसँग पुन खेल्न आफु उत्साहित रहेको बताएका छन् । ‘कसले चाहँदैन नेयमार जस्तो खेलाडीलाई ?’ स्वारेजले प्रश्न गरेका छन् । नेयमारले पीएसजीलाई दुईपटक लिग जिताउन महत्वपुर्ण योगदान गरेका थिए । उनले खेलिएका ५८ खेलमा ५१ गोल गरेका थिए ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.