default_image

7 years ago

June 19, 2019

अर्जेन्टिनाको पाराग्वेसँग परिक्षा

125 views

0 Bookmark

एजेन्सी – उपाधिको दावेदार अर्जेन्टिना पहिलो खेलमै कोलम्वियासँग २–० ले स्तब्ध भएको थियो। पहिलो खेलमा हार बेहोरेसँगै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन अर्जेन्टिनाले बिहीबार बिहान पाराग्वेसँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

सबै चार टोलीले समान एक–एक खेल खेल्दा कोलम्विया १ जितसँगै शीर्षस्थानमा रहँदा पाराग्वे र कतार समान १ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहँदा अर्जेन्टिना अंकविहीन हुदै पुछारमा छ । पाराग्वे र कतारको बराबरीले अर्जेन्टिनाको पनि क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ ।

यस्तोमा अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहीबार बिहान ६ः१५ बजेपछि बेलो होरिजेन्टेमा हुनेछ । यि दुई टोली सन् २०१६ पछि पहिलोपटक खेल्न लागेका हुन् । सन् २०१६ मा भएको विश्वकप छनोटमा पाराग्वेले अर्जेन्टिनालाई १–० ले पराजित गरेको थियो ।

पाराग्वेमाथि सहज जित हात पार्दै अर्जेन्टिना अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । अर्जेन्टिनासँग आधुनिक फुटबलका महारथी लियोनेल मेस्सी रहेपनि उनलाई अन्य खेलाडीले साथ दिन नसक्दा अर्जेन्टिनाले स्वभाविक खेल पस्कन सकेको छैन ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले पाराग्वेविरुद्धको खेलले नै कोपा अमेरिका कपमा अर्जेन्टिनाको भविष्य निर्धारण गर्ने बताएका छन् ।

‘हामीलाई पाराग्वेविरुद्धको खेल ‘गर या मर’ कै अवस्थामा छ । यो खेलमा जित हात पारे हाम्रो अघिल्लो चरण पुग्ने सम्भवाना बलियो रहन्छ । हामीलाई निश्चित जित आवश्यक छ ।’ स्कोलानीले भने, ‘पाराग्वेविरुद्ध हामीले पहिले गोल गर्यौं भने हाम्रो अवस्था फरक रहनेछ । हामी गोल गर्न असफल भयौ भने सोचेजस्तो नतिजा नआउन सक्दछ ।’

प्रशिक्षक स्कोलानीले पाराग्वेविरुद्ध खेलाडीले आफ्नो शतप्रतिशत दिएर खेल्नेमा विश्वस्त रहेको बताएका छन् । ‘हामीले हारबाट कोपा अमेरिका कप शुरुवात गरेका छौं । तर, खेलाडीहरुलाई अझै दुई खेल छ भन्ने पनि थाहा छ ।’ स्कोलानीले भने । अर्जेन्टिनासँग कप्तान लियोनेल मेस्सी, सर्जियो अगुइरो, निकोदलस ओटामेन्डी र गुइडो रोड्रिग्वेज मुख्य हतियार हुनेछ ।

यता, पाराग्वे अर्जेन्टिनालाई स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवितै बनाउने लक्ष्यमा मैदान उत्रनेछ । पहिलो खेलमा कतारसँग २–० को अग्रता लिएर पनि अप्रत्यासित रुपमा बराबरीमा रोकिन पुगेको पाराग्वे अर्जेन्टिनाविरुद्ध उक्त गल्तीलाई सुधार्दै अघि बढ्ने लक्ष्यमा रहनेछ । पाराग्वेका लागि ओस्कार कारर्डाेजो र डेरलिस गोन्जालेज मुख्य हतियार हुनेछन् ।

पछिल्ला सात खेल हेर्ने हो भने पाराग्वेमाथि अर्जेन्टिना नै हावी देखिएको छ । अर्जेन्टिनाले सात मध्ये ४ खेलमा जित २ बराबरी र १ हारको नजिता निकालेको छ । सन् २०१६ मा १–० ले पराजित अर्जेन्टिना सन् २०१५ मा गोलरहित बराबरीमा रोकिएको थियो । त्यसयता यि दुई टोलीबीच खेल हुन सकेको छैन ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.