6 years ago
June 20, 2019
एजेन्सी– लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो पुस्ताका सफल स्कोरर हुन् । यसमा कसैलाई शंका छैन । यद्दपी यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहस भने समय समयमा चल्ने गरेको छ । जे होस्, पछिल्लो एक दशक वा त्यो भन्दा बढी विश्व फुटबलको चर्चा यी दुई खेलाडीकै वरिपरि घुमेको छ ।

तर, तथ्यांक हेर्ने हो भने यी दुई महान खेलाडीले भन्दा छिटो पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरद्वय नेयमार र केलियन एमबाप्पलेले खेल जीवनमा एक सय गोल पुरा गरेका छन् । नेयमार र एमबाप्पले २० वर्ष भन्दा केहि महिना बढीमा एक गोल गरिसकेका थिए ।
ब्राजिलियन स्टार नेयरमाले १ सय ७३ खेलमा सय गोल पुरा गरेका छन् भने विश्व कप विजेता २० वर्षे एमबाप्पेले भने १ सय ८० खेलमा उक्त सफलता प्राप्त गरेका छन् । यो सुचिमा मेसी तेस्रो र रोनाल्डो चौथो स्थानमा छन् ।
बार्सिलोनाका सुपर स्टार मेस्सीले सय गोल पुर्याउन २ सय १४ खेल कुर्नुपरेको थियो । सय गोल पुरा गर्दा उनी २२ वर्ष भन्दा बढी भइसकेका थिए । युभेन्ट्सका रोनाल्डोले भने सय गोलका लागि भन्डै तीन सय खेल पर्खनु परेको थियो । रोनाल्डोले २ सय ९८ खेलमा त्यो सफलता प्राप्त गरेका हुन् । त्यति बेला उनको उमेर २२ वर्ष ११ महिना थियो ।
सय गोलका लागि नेयमार र एमबाप्पले भन्दा बढी खेल कुर्नुपरे पनि अहिले मेसी र रोनाल्डोको क्षमतालाई लिएर प्रश्न गर्ने कमै हुन्छन् । दुवै उत्कृष्ट गोलकर्तामा परिचित छन् । मेस्सी र रोनाल्डोले खेल जीवनको सुरुवात विङ्गरबाट गरेपनि उनीहरु अहिले आ आफ्नो टोलीका मुख्य स्ट्राइकर रहेका छन् ।
१ सय गोलका लागि यस्तो छ तथ्याङ्क
१. नेयमार (२० वर्ष, १ महिना) – १ सय ७३ खेल
२. केलियन एमबाप्पे (२० वर्ष, ५ महिना)– १ सय ८० खेल
३. लियोन मेसी (२२ वर्ष, ३ महिना) – २ सय १४ खेल
४. क्रिस्टियानो रोनाल्डो (२२ वर्ष, ११ महिना)– २ सय ९८ खेल
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]