7 years ago
June 20, 2019
एजेन्सी – व्यत्तिगत कारण देखाउदै स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस इनरिके टिम सम्हालेको ११ महिनामै पदबाट राजीनामा दिएका छन् ।

स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस लुवियालेसले इनरिकेले व्यक्तिगत कारण देखाउदै प्रशिक्षक दिबाट राजीनामा दिएको पुष्टि गरेका छन् । पारिवारिक समस्याका कारण इनरिकेले गत मार्चमा भएको माल्टा र सान मारिनोविरुद्धको खेल गुमाएका थिए । यस्तै इनरिकेले यसैमहिना स्वीडेनविरुद्धको खेल समेत गुमाएका थिए । यो समयमा उनका सहायक रोबर्टो मोरिनोले प्रशिक्षण दिएका थिए ।
‘पारिवारिक समस्याका कारण मैले गत मार्च देखि नै टोलीलाई राम्रोसँग समय दिन सकिरहेको थिएन । यो समस्या झन बल्झदै गएपछि मैले प्रशिक्षक पद छाड्ने निर्णय गरेको हुँ ।’ इनरिकेले भने, ‘मलाई विश्वास गरेर राष्ट्रिय टोलीको जिम्मेवारी दिने स्पेनिस फुटबल फेडेरेसनलाई विशेष धन्यवाद दिन चहान्छु । विशेष धन्यवाद त म मेरो व्यवसायिक प्रशिक्षणमा साथ दिने सबैजनालाई व्यक्त गर्दछु ।’
स्पेनिस टोलीको जिम्मेवारी पाएसँगै रोबर्टाे मोरिनोले विश्वास गरेको जिम्मेवारी प्रदान गरेको स्पेनिस फुटबल फेडेरेसनलाई धन्यवाद व्यक्त गरेका छ । ‘यो निकै स्मरणीय दिन हो ।’ मुख्य प्रशिक्षक बन्छु भन्ने सोचेका थिए । त्यो आज पुरा भएको छ । लुइसले सुरु गरेको कामलाई थप उचाईमा पु¥याउने मेरो प्रयास हुनेछ ।’ मोरिनोले भने ।
पछिल्लो एक वर्षमा मोरिनो स्पेनको चौथो प्रशिक्षक बनेका छन् । यसअघि जुलियन लोपेटेगुई र फर्नान्डो हिरेरोले स्पेनिस राष्ट्रिय टोली सम्हालेका थिए ।
स्पेनिस महारथी क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक इनरिकेले सन् २०१८ को जुलाईमा दुई बर्षको सम्झौता गरेका थिए । २०१८ को विश्वकपको अन्तिम १६ बाट स्पेन बाहिरिएपछि इनरिकेले टिम हेर्ने मुख्य जिम्मेवारी पाएका थिए ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]