default_image

6 years ago

June 20, 2019

कोलम्विया एक खेल अगावै क्वाटरफाइनलमा

115 views

0 Bookmark

एजेन्सी – एसियन राष्ट्र कतारमाथि संघर्षपुर्ण जित निकाल्दै कोलम्विया एक खेल अगावै ब्राजिलमा जारी कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएको खेलमा कोलम्वियाले कतारमाथि १–० को संघर्षपुर्ण जित निकाल्दै एक खेल अगावै अन्तिम आठमा स्थान पक्का गरेको हो । समूह चरणमा कोलम्वियाको यो लगातार दोस्रा जित हो । कोलम्विायले पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले पराजित गरेको थियो ।

अपराजित रहेको कोलम्वियाको २ खेलबाट ६ अंक पुगेको छ । अब कोलम्वियाले अन्तिम खेलमा पाराग्वेसँग २४ जुनमा खेल्नेछ । यो खेलमा जित हात पारे कोलम्विया समूह ‘बी’ को विजेता बन्नेछ ।

साओपाउलोमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ४ मिनेट बाँकी रहँदा डुभान जापाटाले गरेको एक गोल नै कोलम्विायको जितमा निर्णायक बन्यो । उनले कप्तान जेम्स रोड्रिग्वेजको पासलाई गोलमा परिणत गरेका थिए ।

कोलम्वियाले बल पोजेसन राखेपनि गोलको खडेरी तोड्न ८६औं मिनेट कुर्नुपरेको थियो । आजै अर्जेन्टिना र पाराग्वेबीच खेल हुनेछ ।

कतारले पहिलो खेलमा पाराग्वेलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोसेको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.