6 years ago
June 20, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत अर्जेन्टिना र पाराग्वेको खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल फर्काएको थियो ।

खेलको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले पाराग्वेलाई अग्रता दिलाएका थिए । मिगुएल आल्मिरोले मिडफिल्डको मध्यभागबाट एक्लै बल अगाडी बढाएर दिएको क्रसमा स्यान्चेजले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गोल गरे । अर्जेन्टिनाले डिफेन्समा गल्ति गर्दा पाराग्वेले काउन्टर अट्याकमा गोल गर्ने अवसर सिर्जना गरेको थियो ।
त्यसअघि खेलको २८ औं मिनेटमा पनि पाराग्वेले गोल गर्ने सुवर्ण अवसर गुमाएको थियो । माटियास रोजासको प्रहारलाई डिफेन्डर निकोलस टाग्लियाफिकोले छेकेका थिए । पहिलो हाफको खेल अवधिभर कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नै अर्जेन्टिनाको पोस्टमा गरेको एकमात्र आक्रमण थियो ।

दोस्रो हाफको ५७ मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्यायो । कप्तान मेस्सीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा लिइएको पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि मेस्सीकै हाफ भली प्रहार क्रसबारमा लगेर फर्केको थियो । उक्त भली पाराग्वेको डिफेन्डरको हातमा लागेको भिडियो रिप्लेमा देखिएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
खेल बराबरीमा आएको ३ मिनेटमा नै पराग्वेले पेनाल्टी चुकाउँदा अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र डेर्लिस गोन्जालेजलाई खराब ट्याकल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर गोन्जालेजको प्रहार गोलरक्षक फ्रान्को अर्मानीले बचाएपछि खेल १-१ को बराबरीमा कायम रहयो ।

यस बराबरीसँगै अर्जेन्टिना अंक तालिकाको पुछारमा नै अवस्थित छ । अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई पराजित गरेमात्र क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना कायम रहनेछ । बराबरी वा पराजित भएको खण्डमा अर्जेन्टिना समूह चरणबाट नै बाहिरिनेछ । कोलोम्बिया २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ भने पाराग्वे २ खेलमा २ अंकसहित दोस्रो र कतार २ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]