6 years ago
June 20, 2019
उदयपुर (हाम्रो खेलकुद)- आयोजक उदयपुर –११ माथि फराकिलो जित निकाल्दै गोर्खा ब्वाइज क्लब रुपन्देही छैटौ संस्करणको रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

थरुहट रंगशालामा बिहीबार भएको अन्ति सेमिफाइनलमा गोर्खा ब्वाइजले उदयपुरमाथि ४–१ को फराकिलो जित निकाल्दै उपाधिनजिक पुगेको हो ।
अब गोर्खा ब्वाइजले उपाधिको लागि शनिबार विभागीय नेपाल एपीएफ क्लबको सामना गर्नेछ ।
गोखा ब्वाइजको फराकिलो जितमा फोफानाले २ तथा सुशिल कुमार यादव र डेनिलले समान १ गोल गरे । उदयपुरका सुनिल खड्काले एक गोल फर्काए
खलेको तेस्रो मिनेटमा नै सुशिलको गोलबाट गोर्खाले अग्रता बनाएको थियो । १८औं मिनेटमा डेनिलले अग्रता दोब्बर बनायो । २२ औं मिनेटमा फोफानाले गोल गरेपछि गोर्खा ब्वाइज पहिलो हाफमै ३–० को आरामदायी अग्रतामा पुगेको थियो ।
७९औं मिनेटमा उदयपुरका सुनिल खड्काले गोल गदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, ८२औं मिनेटमा फोफानाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।
गोर्खा ब्वाइजका पेपे म्यान अफ दि म्याच भए । उनले ७ हजार रुपैया हात पारे ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ३ लाख हात पार्नेछन् । सर्बोत्कृष्ट खेलाडीले ५० हजार र अन्य पाँच विद्यामा २०–२० हजार रुपैया हात पार्नेछन् ।प्रतियोगिताको पहिलो, दोश्रो र पाँचौ संस्करणको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको थियो । तेश्रो संस्करण अफ्रिकन युनाइटेड र चौथो संस्करण रूपन्देहीले जितेको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]