default_image

6 years ago

June 21, 2019

विश्व विजेता टोरेसबाट व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा

142 views

0 Bookmark

एजेन्सी – विश्व विजेता स्पेनका भेट्रान्स फरवार्ड फर्नान्डो टोरेसेले सबै खाले व्यवसायिक फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय टोरेसले शुक्रबार सामाजकि सन्जाल ट्वीटरबाट सबै खाले व्यवसायिक फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले १८ वर्षे व्यवसायिक खेल करियरबाट सन्न्यासको घोषणा गरेका हुन् ।

स्पेनका भेट्रान्स टोरेसले १८ वर्षे खेल करियरमा क्लब फुटबलमा एट्लेटिको म्याड्रिड, लिभरपुल, चेल्सी र जापानिज क्लब सागन टोसुबाट पछिल्लोपटक खेलेका थिए ।

‘मैले आज एक विशेष कुरालाई घोषणा गर्न गइरहेको छु । मैले १८ वर्षै खेल करियरबाट सन्न्यास लिने घोषणा गरेको छु । यसबारे मैले आउदो आइतबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गर्दै आधिकारिक धारणा बाहिर ल्याउनेछु ।’ टोरेसले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन् ।

स्पेनले २००८ देखि २०१२ सम्म चारवर्षको अन्तरालमा दुई युरोकप र एक विश्वकप जित्दा टोरेस महत्वपुर्ण खेलाडी रहेका थिए । दुई पटकको युरो च्याम्पियन टोरेसकै उच्च प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलको अवे खेलमा गरेको गोलको निकै चर्चा हुने गरेको छ ।

सन् २००८ को युरोकप फाइनलमा जर्मनीविरुद्ध १–० को जित निकालेको खेलमा टोरेसले नै निर्णायक गोल गरेका थिए । युरो २०१२ को फाइनलमा स्पेनले इटालीमाथि ४–० को जित निकालेको खेलमा पनि टोरेसले एक गोल गरेका थिए ।

एट्लेटिको म्याड्रिडका युथ टिमका कप्तानसमेत रहेका टोरेस सन् २००७ मा क्लबको कीर्तिमानी मुल्य २० मिलियन पाउण्डमा लिभरपुलमा आबद्ध भएका थिए । लिभरपुलबाट उनी सन् २०११ बेलायतको कीर्तिमानी मुल्यमा चेल्सी पुगेका थिए ।

टोरेसले आफ्नो सिनियर खेल करियरमा राष्ट्र र क्लबका लागि २९८ गोल गरेका छन् । उनी एक समय आफ्नो खेल करियरमा कुल फिनिसरको उपमा पाएका थिए । चोटले थिचेपछि उनको खेल खस्कदै गएको थियो ।

त्यसपछि उनी लोनमा एसी मिलान पुगेका थिए । एसी मिलानपछि लोनमै सन् २०१६ मा आफ्नो बाल्यकाल क्लब एट्लेटिको पुगेका टोरेस सन् २०१८ सम्म एट्लेटिकोमा रहेका थिए । गतवर्ष उनी जापानिज क्लब सगन टोसुमा पुगेका थिए । त्यहाँ रहँदा टोरेस २८ खेलमा ३ गोल गरेका थिए ।
उनले स्पेनबाट २००३ देखि २०१४ सम्म ११० खेलमा ३८ अन्तर्राष्ट्रिय गाल गरेका थिए ।

त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए । उनले आफ्नो खेल करियरमा एक विश्वकप, दुई युरोकप, एक च्याम्पियन्स लिग, दुई युरोपा लिग र एक एफए कप जितेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.