default_image

6 years ago

June 21, 2019

मच्छिन्द्रसँग संकटाको लज्जास्पद हार

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटाले ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा मच्छिन्द्रसँग लज्जास्पद हार बेहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा संकटा मच्छिन्द्रसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

मच्छिन्द्रलाई फराकिलो जित दिलाउन कार्लाेस बारखरियाले ह्याट्रिक पुरा गरे । रोशन भुजेलले एक गोल थपे ।

खेलको छैटौ मिनेटमा कार्लाेस बारखरियाको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता बनाएको थियो । ४२औं मिनेटमा कार्लाेसले व्यक्तिगत दोस्रो गोल थपेपछि मच्छिन्द्र पहिलो हाफमा २–० को अग्रता बनायो ।

४८औं मिनेटमा रोशन भुजेलले गोल गरेपछि मच्छिन्द्र ३–० ले अघि बढेको थियो । ८२औं मिनेटमा कार्लाेसले ह्याट्रिक पुरा गर्दै मच्छिन्द्रलाई ४–० को फराकिलो जित दिलाए । एन्फाले ‘सी’ डिभिजन छनोटका कारण प्रतियोगिता एक साता स्थगित गरेको थियो ।

यसउअघि उद्घाटन खेलमा एनआरटीले विजयी शुरुवात गरेको थियो । आज दोस्रो खेलमा मनाङ र थ्री स्टारबीच खेल्दैछ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी), सिएमजी क्लब संकटा, मछिन्द्र क्लब र भ्याली च्यासल युथ क्लब रहेका छन् ।

ग्रुप अफ डेथ मानिएको समूह ‘बी’ मा उपाधिका दावेदार टोली त्रिभुवन आर्मी क्लब, रुस्लान थ्री स्टार क्लब, सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब, नेपाल एपीएफ महिन्द्रा फुटबल क्लब र फ्रेन्डस् क्लब रहेका छन् । समूह ‘सी’ मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब, सरस्वती युवा क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

प्रतियोगिता ३१ असारसम्म सञ्चालन हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूह विजेता र उपविजेता तथा दुई उत्कृष्ट तेस्रो टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको लागि सबै टोलीलाई तयारी खर्च स्वरुप १ लाख २५ हजार प्रदान गरने एन्फाले जनाएको छ ।

प्रतियोगिताको सुरुवाती दुई संस्करण आर्मी च्याम्पियन बन्दा गत संस्करणमा ब्रिगेड ब्वाईज च्याम्पियन बनेको थिय ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.