default_image

6 years ago

June 21, 2019

थ्री स्टार र मनाङको बराबरी

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- रुस्लान थ्री स्टार क्लब र सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको समूह चरणको खेलमा थ्री स्टार र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको २२औं मिनेटमा क्षितिज भण्डारीको गोलबाट मनाङले अग्रता लिएको थियो । ४४औं मिनेटमा दिप्सन राउतले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा सुमन श्रेष्ठले गोल गर्दै थ्री स्टारलाई २–१ को अग्रता दिलाए ।

इन्ज्युरी समया थ्री स्टार सम्हालिन नसक्दा गोल खादै अंक बाड्न बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोहन बल लामाले गोल गर्दै मनाङलाई हार बाट जोगाए ।

बराबरीसँगै मनाङ र थ्री स्टारले समूह ‘बी’ मा १–१ अंक जोडेको छ । प्रतियोगितामा आइतबार आर्मी र फ्रेन्डस् तथा पुलिस र जावलाखेलबीच खेल हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.