6 years ago
June 22, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्वगोलरक्षक पिटर चेकलाई क्लबको प्राविधिक र प्रदर्शन सल्लाहकारको रुपमा नियुक्त गरेको छ ।

चेकले यो सिजनसम्म अर्काे लन्डन क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेलेका थिए । चेल्सीबाट लामो समय व्यवसायिक फुटबल खेलेका चेकलाई क्लबले पुनः व्यवस्थापकको रुपमा क्लबमा फर्काएको हो । चेकले सिनियर र जुनियर टोली तथा क्लबको विभिन्न विभागबीच क्लबका निर्देशक मारिना ग्रानोभ्सकाइयाको नजिक रहेर काम गर्ने छन् ।
३७ वर्षिय चेकले चेल्सीबाट चार प्रिमियर लिग र चार एफए कपको उपाधि जितेका छन् । उनले चेल्सीबाटै सन् २०१२ को युरोपियन च्याम्पियन्स लिगको उपाधिसमेत जितेका छन् । चेक सन् २०१५ मा चेल्सी छाडेर आर्सनल पुगेका थिए । चेक रिपब्लिकका चेकले राष्ट्रिय टोलीबाट १२४ खेल खेलेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]