7 years ago
June 22, 2019
एजेन्सी – सिजनको अन्त्यसँगै स्पेनिस लिगमा पनि खेलाडी किनबेच प्रक्रिया सुरु भएको छ । यसपटक रियल म्याड्रिडले खेलाडी अनुबन्धनमा कुनै ढिलाई नगरी ५ खेलाडी भित्र्याईसकेको छ ।
रियलले लगातार खेलाडी भित्र्याएसँगै क्लबबाट त्यसै अनुसार खेलाडी बाहिरिने क्रम पनि सुरु हुने अपेक्षा गरिएको छ । रियल मात्र नभएर अन्य ठूला क्लब एटलेटिको म्याड्रिड र बार्सिलोनाबाट पनि केहि ठूला खेलाडीले क्लब छाड्ने हल्ला चलेको छ । सामान्यतया ला लिगामा खेलाडीहरु त्यसै लिगको अर्को ठूलो क्लबमा बिरलै जाने गर्छन् । लिग उपाधिमा तीन टोलीको भिडन्त हुने भएकाले रियल, एटलेटिको र बार्सिलोनाले खेलाडीलाई अन्य लिगकै क्लबमा बेच्ने प्रयास गर्नेछन् ।
यस सिजन ला लिगा छाडेर अन्यत्र जाने ४ स्टार खेलाडी :
४. मार्सेलो (रियल म्याड्रिड)
सन् २००७ मा रियल म्याड्रिडबाट डेब्यु गरेका मार्सेलोले आफूलाई आधुनिक फुटबलका उत्कृष्ट मध्यम स्थापित गर्न सफल भए । पछिल्लो दशक रियलले हासिल गरेका हरेक सफलतामा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्हो छंदा केहि समय उनले पहिलो रोजाइमा पर्न प्रतिस्पर्धा गर्नुपर्यो । त्यसबाहेक उनी सधैं पहिलो रोजाइमा रहेका थिए ।

अघिल्लो सिजन मार्सेलोको लगातार गल्तीका कारण रियलले खराब नतिजा हासिल गर्यो । यससँगै उनले युवा खेलाडी सर्जियो रेगुलियनसँग आफ्नो स्थान गुमाए । यस सिजन फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले लियोनबाट फर्लान्ड मेन्डीलाई अनुबन्ध गरिसकेका छन् । मार्सेलो आफैंले पनि गत सिजन नै रोनाल्डोसँगै युभेन्टस जाने चाहना व्यक्त गरेका थिए । उनले अब क्लब छाड्ने लगभग तय देखिन्छ ।
३. एन्टोइन ग्रिज्मन (एटलेटिको म्याड्रिड)
ग्रिज्मनले सिजनको अन्त्यमा एटलेटिको छाड्ने निर्णय गरेका थिए । उनले ५ सिजन क्लबमा बिताउँदै सफलता पनि हासिल गरे । अघिल्लो सिजन बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गर्दा उनले म्याड्रिडमै रहने बताएका थिए । यस सिजन उनले क्लब छाड्ने निर्णय लिएसँगै ग्रिज्मन बार्सिलोना जाने अनुमान गरिएको छ ।

यद्यपी बार्सिलोनाले यस पटक ग्रिज्मनको लागि औपचारिक प्रयास नगरेको खुलस्त पारेको छ । पीएसजी पुगेका नेयमारले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेपछि क्लबको ध्यान अहिले ब्राजिलियन फरवार्डतर्फ मोडिएको छ । यद्यपी ग्रिज्मनलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पीएसजी र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि तयार रहेको बुझिएको छ ।
२. फिलिपे कोउटिन्हो (बार्सिलोना)
जनवरी २०१८ मा बार्सिलोनाले क्लब कीर्तिमानी रकममा कोउटिन्होलै भित्र्याउँदा उनीबाट निकै अपेक्षा राखेको थियो । उनलाई क्लबले दिग्गज मिडफिल्डर आन्द्रेस इनीएस्टाको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेको थियो । उनले सुरुवाती समयमा २२ खेल खेल्दै १० गोल र ५ असिस्टसहित सुखद सुरुवात पनि गरे । तर त्यसैअनुरुप पछिल्लो सिजन भने उनको लागि राम्रो रहन सकेन ।

कोउटिन्होले पछिल्लो सिजन ५३ खेल खेल्दै जम्मा ११ गोल मात्र गर्न सके । बार्सिलोना समर्थकले पनि उनको खराब प्रदर्शनका कारण उनीविरुद्ध खेलमा नाराबाजी नै गरे । यस व्यवहारबाट आजित भएका कोउटिन्होले क्लबबाट अन्यत्र जाने सोच बनाएका छन् । उनलाई अनुबन्ध गर्न उनकै पूर्वक्लब लिभरपुल पनि इच्छुक रहेको बुझिएको छ ।
१. ग्यारेथ बेल (रियल म्याड्रिड)
सन् २०१३ मा विश्व कीर्तिमानी रकम खर्चेर रियलले बेललाई क्लबमा भित्र्याएको थियो । त्यसयता क्लबका लागि १ सय २ गोल गर्दै बेलले क्लबलाई १३ उपाधि दिलाएका छन् । यसका बाबजुद रियलका समर्थक बेलको प्रदर्शनलाई लिएर खुसी छैनन् । चोटले संघर्ष गरेका बेलको भाषा समस्याले पनि उनले टोलीका सहकर्मी र समर्थकसँग राम्रो सम्बन्ध बनाउन सकेका छैनन् ।

अघिल्ला सिजनमा बेललाई रोनाल्डोको छायाँमा परेका कारण प्रदर्शन गर्न नसकेको बताइएको थियो । गत सिजन रोनाल्डोको अनुपस्थितिमा बेलले अपेक्षाकृत नतिजा दिलाउन नसकेपछि उनको आलोचना झनै बढेको थियो । उनले ४२ खेल खेल्दै १४ गोल मार गर्न सके । जिदानले २९ वर्षीय बेललाई आफ्नो योजनामा नरहेको प्रष्ट पारेका छन् । म्यान्चेस्टर युनाइटेड र इन्टर मिलानले बेलको अवस्थालाई नजिकबाट नियालिरहेको बुझिएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]