7 years ago
June 23, 2019
एजेन्सी – एसियाली च्याम्पियन कतारले ब्राजिलमा जारी कोपा अमेरिका २०१९ मा आमन्त्रित टोलीका रुपमा सहभगिता जनाइरेको छ ।

पहिलो खेलमा पाराग्वेसँग २-२ को बराबरी खेलेको कतारले दोस्रो खेलमा कोलोम्बियासँग १-० को पराजय बेहोर्यो । २ खेलमा १ अंक जोडेको कतार समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । कतारले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । उक्त खेलमा जित दर्ता गरेमा कतारको क्वाटरफाइनलमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।
खेलको पूर्वसन्ध्यामा बोल्दै कतारका प्रशिक्षक फेलिक्स सान्चेजले मेस्सी विश्वस्तरीय खेलाडी भएपनि कतार उनको सामना गर्न तयार रहेको बताए । ‘ हामी दक्षिण अमेरिकामा प्रख्यात टोली हैनौं । हामीसँग स्तरीय खेलाडी छन् र हामी प्रतिस्पर्धा गर्न आएका हौं, मेस्सीसँग सेल्फी खिच्न होइन,’ उनले थपे, ‘ अर्जेन्टिना बलियो टोली हो तर उपाधि दावेदार पनि । हामी विश्वको उत्कृष्ट खेलाडी भएको टोलीसँग कडा प्रतिस्पर्धा गर्नेछौं ।’

सान्चेजले कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेकोले खेलमा थप हौसला बढेको बताए । ‘हामीसँग पनि छनोट हुने बलियो सम्भावना छ । यसले टोलीलाई निकै हौसला दिएको छ । अझ हामीले अर्जेन्टिनाको यात्रा टुंग्याउने सम्भावना समेत छ,’ उनले भने ।
अर्जेन्टिनाले प्रतियोगिताको पहिलो खेलमा कोलोम्बियासँग २-० को हार बेहोरेको थियो । त्यसपछि दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक तालिकाको पुछारमा रहेको छ । यस खेलमा जित दर्ता गर्न नसके अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]