7 years ago
June 23, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूहको अन्तिम खेलमा अर्जेन्टिनाले कतारको सामना गर्दैछ । खेल नेपाली समयानुसार आइतबर मध्यरात १२:४५ बजे (सोमबार विहान) सुरु हुनेछ ।

प्रतियोगितामा खराब सुरुवात गरेको अर्जेन्टिनाको मिडफिल्डमा समस्या देखिएको छ । आक्रमणमा मेस्सीले राम्रो साथ पाएपनि मिडफिल्डका खेलाडी चलायमान नहुँदा डिफेन्सलाई केहि समस्या परेको छ । पछिल्लो खेलमा सुरुवाती रोजाइमा परेका लौटारो मार्टिनेजको स्थानमा सर्जियो अगुएरोले मेस्सीलाई आक्रमणमा सहयोग गर्नेछन् ।
कतारले पछिल्लो खेलमा कोलोम्बियासँग पराजय भोगेपनि आक्रमणमा केहि सम्भावना देखाएको थियो । केहि महिनाअघि मात्र एसियन कप जितेको कतारका अधिकांश खेलाडी एकै एकेडेमीबाट आएकाले राम्रो समन्वय बनेको छ । कतारले यस खेल जितेको खण्डमा क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नेछ । त्यसैले पनि टोली हौसिएको प्रशिक्षक फेलिक्स स्यान्चेजले बताएका छन् ।
सम्भावित सुरुवाती ११ :
कतार : साद अल शीब, टारेक सलमान, बससम हिशाम, बौलेम खौखी, पेड्रो मिगुएल, अब्दुलकरिम हसन फद्लाला, अब्दुलअजिज हातेम, हसन अल हाइदोस, अली अफिफ, अस्सिम मादिबो, अल्मोएज अली
अर्जेन्टिना : फ्रान्को अर्मानी, निकोलस टाग्लियाफिको, जर्मन पेजेला, मिल्टन कासको, निकोलस ओटामेन्डी, लेआन्द्रो पारेदेस, रोबर्टो परेर, मार्को अकुना, जिओभानी लो सेल्सो, सर्जियो अगुएरो, लिओनेल मेस्सी

यसरी पुग्छ अर्जेन्टिना क्वाटरफाइनलमा :
पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा पाराग्वेसँग १-१ को बराबरीमा रोकिँदा खेलको एकमात्र गोल लिओनेल मेस्सीले पेनाल्टीमार्फत गरेका थिए । दुवै खेलमा अर्जेन्टिनाले ओपन प्लेमा गोल गर्न सकेको छैन । प्रशिक्षक लिओनेल स्कालोनीले पनि टोलीको क्वाटरफाइनलमा पुग्ने सम्भावना जीवित रहनुलाई टोलीको भाग्य रहेको बताएका छन् ।
अर्जेन्टिनाले समूहको अन्तिम खेलमा आइतबार कतारसँग खेल्दैछ । समूह ‘बी’ बाट लगातार दुई जितसँगै कोलोम्बियाले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । यस्तो अवस्थामा अर्जेन्टिनासँग समूह उपविजेता हुने सम्भावना पनि छ । पाराग्वेको २ खेलमा २ अंक छ भने कतार र अर्जेन्टिनाको १-१ अंक छ । गोलअन्तरमा कतारले अर्जेन्टिनालाई पछाडी पारेको छ ।
अर्जेन्टिनाको जित :
अर्जेन्टिनाले कतारलाई पराजित गरेको खण्डमा टोलीको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । यद्यपी अर्जेन्टिनाले समूह उपविजेता नभएर उत्कृष्ट दुई तेस्रो स्थानका टोलीका रुपमा अर्को चरणमा स्थान बनाउने सम्भावना रहनेछ । तेस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेमा अर्जेन्टिनाको भेट ब्राजिलसँग पर्ने सम्भावना बलियो छ । यसका लागि पराग्वेले कोलोम्बियालाई पराजित अथवा बराबरीमा रोक्नुपर्नेछ ।

अर्जेन्टिनाको बराबरी :
अर्जेन्टिना कतारसँग बराबरीमा रोकिएपनि अर्को चरणमा पुग्ने सम्भावना जीवित रहनेछ । यसका लागि पाराग्वेले कोलोम्बियासँग ३ गोल वा सोभन्दा बढीले पराजित हुनुपर्नेछ । यसका साथै समूह सी मा इक्वेडर र जापानको खेल पनि बराबरीमा सकिनुपर्नेछ । जापानले जित दर्ता गरे अथवा पराग्वेले अनुकुल नतिजा ननिकाले भने अर्जेन्टिना बाहिरिनेछ ।
अर्जेन्टिनाको हार :
कतारसँग पराजित भएको खण्डमा भने अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिनेछ ।
‘कतार मेस्सीसँग सेल्फी खिच्न आएको होइन’ – प्रशिक्षक सान्चेज
पहिलो खेलमा पाराग्वेसँग २-२ को बराबरी खेलेको कतारले दोस्रो खेलमा कोलोम्बियासँग १-० को पराजय बेहोर्यो । २ खेलमा १ अंक जोडेको कतार समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । कतारले समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्दैछ । उक्त खेलमा जित दर्ता गरेमा कतारको क्वाटरफाइनलमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।
खेलको पूर्वसन्ध्यामा बोल्दै कतारका प्रशिक्षक फेलिक्स सान्चेजले मेस्सी विश्वस्तरीय खेलाडी भएपनि कतार उनको सामना गर्न तयार रहेको बताए । ‘ हामी दक्षिण अमेरिकामा प्रख्यात टोली हैनौं । हामीसँग स्तरीय खेलाडी छन् र हामी प्रतिस्पर्धा गर्न आएका हौं, मेस्सीसँग सेल्फी खिच्न होइन,’ उनले थपे, ‘ अर्जेन्टिना बलियो टोली हो तर उपाधि दावेदार पनि । हामी विश्वको उत्कृष्ट खेलाडी भएको टोलीसँग कडा प्रतिस्पर्धा गर्नेछौं ।’

सान्चेजले कतारको पनि दोस्रो चरणमा पुग्ने सम्भावना रहेकोले खेलमा थप हौसला बढेको बताए । ‘हामीसँग पनि छनोट हुने बलियो सम्भावना छ । यसले टोलीलाई निकै हौसला दिएको छ । अझ हामीले अर्जेन्टिनाको यात्रा टुंग्याउने सम्भावना समेत छ,’ उनले भने ।
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]
December 21, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]