default_image

6 years ago

June 24, 2019

कोलोम्बिया शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा

116 views

0 Bookmark

एजेन्सी – ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह ‘बी’ मा कोलोम्बियाले लगातार तेस्रो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

समूहको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै कोलोम्बियाले शीर्षस्थान पक्का गरेको हो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । उनले ३१ औं मिनेटमा सान्टियागो आरियासको पासलाई सदुपयोग गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । यस पराजयसँगै पाराग्वे भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

अर्को खेलमा अर्जेन्टिनाले कतारलाई २-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा दोस्रो स्थान पक्का गर्यो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।

समूह ‘बी’ मा कोलोम्बियाले ३ खेलमा ३ जितसहित ९ अंक जोड्दा अर्जेन्टिनाले ३ खेलमा १ जित, १ १ हार र १ बराबरीसँगै ४ अंक जोड्यो । कोलोम्बियाले पहिलो खेलमा अर्जेन्टिनालाई २-० ले पराजित गरेको थियो । पाराग्वेले ३ खेलमा २ तथा कतारले १ अंक जोडेको छ । अन्य समूहको खेल सकिएपछि पाराग्वे उत्कृष्ट दुइ तेस्रो टोलीमा परेर दोस्रो चरणमा पुग्ने सम्भावना कायम छ ।

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

December 21, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – एर्लिङ हालान्डले २ गोल र अर्को गोलको लागि असिस्ट गरेपछि म्यानचेस्टर सिटीले शनिवार वेस्ट ह्याम युनाइटेडलाई ३-० ले पराजित गरेको छ। यो जितसँगै सिटीले प्रिमियर लिगमा लगातार पाँचौँ जित दर्ता गरेको छ। हालान्डले पाँचौँ मिनेटमै गोल गर्दै सिटीलाई अग्रता दिलाए। आफ्नो पहिलो प्रहार रोकिए पनि रिबाउन्डमा उनी गोल गर्न सफल भए। टिज्जानी राइनडर्सले […]

Success

Thank you for your time.