6 years ago
June 26, 2019
एजेन्सी – क्यामरुनले अफ्रिका कप अफ नेसन्समा सहज जित हात पारेको छ । मंगलबार राति भएको समूह ‘एफ’ को खेलमा क्यामरुनले गुनिया बिसाउमाथि २–० को सहज जित निकालेको हो ।

क्यामरुनको सहज जितमा याया बनाना र स्टेफाने बाहोकेनले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिदा क्यामरुनले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।
६६औं मिनेटमा टोको इकाम्वीको पासमा याया बनानाले गोल गर्दै क्यामरुनलाई १–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै स्टेफानेले गोल गर्दै क्यामरुनलाई २–० को सहज जित दिलाए ।
जितसँगै क्यामरुनले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । पराजित गुनिया अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा घाना र बेनिनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । घानाका एन्ड्रे एयु र जार्डन एयुले गोल गरे । बेनिनका दुवै गोल मिकेइल पोटेले गरे ।

घाना ५५औं मिनेटमाा १० खेलाडीमा समेटिएको थियो । जोन बोय दोहोरो पहँेलो कार्ड दाखै मैदानबाट बाहिरिएको थियो । त्यस लगत्तै बेनिनले एक गोल थप्न सफल भएको थियो ।
बेनिन दोस्रो तथा घाना तेस्रो स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]