6 years ago
June 27, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको पहिलो अनुबन्धनको रुपमा ब्राजिलियन गोलरक्षक नेटोलाई भित्र्याएको छ ।

मंगलबार क्लबका दोस्रो रोजाईका गोलरक्षक जास्पर सिलेसनलाई भ्यालेन्सिया पठाएको बार्सिलोनाले बुधबार नै उनको स्थानमा ब्राजिलियन गोलरक्षकलाई अनुबन्धन गरेको हो । भ्यालेन्सियाका लागि पहिलो रोजाइमा खेलिरहेका नेटोले ४ वर्षको लागि सम्झौता गरेका छन् । क्लबले उनलाई भित्र्याउन भ्यालेन्सियालाई २६ मिलियन युरो तिरेको बुझिएको छ ।
२९ वर्षीय गोलरक्षकले गत सिजन भ्यालेन्सियाका लागि ४७ खेल खेल्दै १० क्लिन सीट राखेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा भ्यालेन्सिया च्याम्पियन्स लिगका लागि छनोट भएको थियो । बार्सिलोनाले उनको रिलिज क्लज २ सय मिलियन युरो तोकेको छ ।
नेटोले यसअघि युभेन्ट्समा २ सिजन बिताउँदै इटालियन लिग उपाधि पनि जितिसकेका छन् । गत सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाविरुद्ध खेलमा ब्राजिलका लागि खेलेका नेटो कोपा अमेरिकाको टोलीमा भने अटाएका छैनन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]