एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत क्वाटरफाइनल चरणको पहिलो खेलमा उपाधि दाबेदार ब्राजिल र पाराग्वे भिड्दैछन् । ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनल पुगेको हो भने पाराग्वे उत्कृष्ट तेस्रो टोलीमध्येमा पर्दै अगाडी बढेको हो ।

खेलको सम्पूर्ण जानकारी :
खेल – कोपा अमेरिका २०१९ क्वाटरफाइनल
खेल हुने स्थान – एरिना डे ग्रेमिओ
रेफ्री – रोबर्ट टोबार (चिली)
खेल हुने मिति : २८ जुन २०१९ (नेपाली समयअनुसार)
खेल सुरु हुने समय : बिहान ६:१५ बजे (नेपाली समयअनुसार)
ब्राजिलको समूह चरण नतिजा :
ब्राजिल ३-० बोलिभिया
ब्राजिल ०-० भेनेजुएला
ब्राजिल ५-० पेरु
पराग्वे समूह चरण नतिजा :
कतार २-२ पाराग्वे
अर्जेन्टिना १-१ पाराग्वे
कोलोम्बिया १-० पाराग्वे

एकआपसमा पछिल्लो भिडन्त (हेड टु हेड) :
२९ मार्च २०१७ – ब्राजिल ३-० पाराग्वे
३० मार्च २०१६ – पाराग्वे ०-० ब्राजिल
२८ जुन २०१५ – ब्राजिल १-१ पराग्वे
१८ जुलाई २०११ – ब्राजिल ०-० पाराग्वे
रोचक तथ्यहरु :
ब्राजिलले पछिल्लो १३ खेलमा हार बेहोरेको छैन ।
पछिल्लो ५ खेलमा ब्राजिलविरुद्ध कुनै टोलीले गोल गर्न सकेका छैनन् ।
पराग्वे पछिल्लो ३ खेलमा जितविहिन छ ।
पाराग्वेविरुद्ध पछिल्ला तीनै खेलमा विपक्षी टोलीले गोल गरेका छन् ।
टोलीको अवस्था :
रियल म्याड्रिडबाट व्यावसयिक फुटबल खेल्दै आएका मिडफिल्डर क्यासेमिरो यस खेलका लागि प्रतिबन्धित छन् । म्यानचेस्टर सिटीका मिडफिल्डर फर्नान्डीन्हो पनि चोटका कारण खेल्ने-नखेल्ने शंका छ ।

सम्भावित सुरुवाती ११ :
ब्राजिल – एलिसन, ड्यानी आल्भेस (कप्तान), मार्किन्हस, थियागो सिल्भा, फिलिपे लुइस, आर्थर, फर्नान्डीन्हो, एभरटन, फिलिपे कोउटिन्हो, विलियन, रोबर्टो फिर्मिनो
पाराग्वे – रोबर्टो फर्नान्डेज, सान्टियागो अर्जामेन्दिया, जुनिअर अलोन्सो, गुस्ताभो गोमेज, इभान पिरिस, देर्लिस गोन्जालेज, रिचार्ड सान्चेज, रोड्रीगो रोजास, माटियास रोजास, मिगुएल अल्मिरोन, ओस्कार कार्डोजो
ब्राजिल र पाराग्वेको स्कोर के होला? फेसबुक कमेन्टमार्फत अनुमान लगाउनुहोस् !
यो पनि : कोपा अमेरिका समुह चरणको उत्कृष्ट ११
यो पनि : कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण
यो पनि : नेपाली समयानुसार कोपा अमेरिकाको खेल तालिका