default_image

6 years ago

July 2, 2019

अर्जेन्टिनाविरुद्ध ब्राजिलका दुई महत्त्वपूर्ण खेलाडी घाइते

104 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनल चरणको पहिलो खेलमा ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । खेलको पूर्वसन्ध्यामा बोल्दै ब्राजिलका प्रशिक्षक टिटेले पहिलो रोजाईका दुई खेलाडी उपलब्ध नहुने बताएका छन् ।

ब्राजिलले प्रतियोगिताको सुरुवातमा नै नेयमारलाई चोटका कारण गुमाएको थियो । २७ वर्षीय फरवार्डको अनुपस्थितिमा पनि ब्राजिलको आक्रमणमा खासै समस्या देखिएको छैन । ब्राजिल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलसम्म पुगेपनि यसक्रममा टोलीको प्रदर्शनमा भने उतारचढाव आएको छ । क्वाटरफाइनलमा भने ब्राजिल पाराग्वेसँग गोलरहित बराबरीमा रहेपछि टाइब्रेकरमा विजयी रहेको थियो ।

ब्राजिलका लागि अर्जेन्टिनाविरुद्ध दुई खेलाडी चोटका कारण खेल्न नसक्ने भएका छन् । लेफ्ट ब्याक फिलिपे लुइसले पछिल्लो दिन प्रशिक्षणमा सहभागी भएका छैनन् । पाराग्वेविरुद्ध हाफ टाइममा एलेक्स स्यान्ड्रोले उनको स्थान लिएका थिए । उनैले अर्जेन्टिनाविरुद्ध खेल्ने संभवाना रहेको छ ।

ब्राजिलले मिडफिल्डर फर्नान्डीन्होको पनि साथ पाउने छैन । उनले घुँडाको चोट बोकेपछि पुरै समय मैदानमा बिताएका थिएनन् । उनले प्रशिक्षणमा पनि पुरै समय सहभागिता जनाएका छैनन् । क्यासेमिरो प्रतिबन्धबाट फर्केका कारण पनि उनी विश्राममा रहनेछन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.