default_image

6 years ago

July 4, 2019

नेदरल्यान्ड महिला विश्वकपको फाइनलमा

158 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयमा स्वीडेनलाई पराजित गर्दै नेदरल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै नेदरल्यान्डले फाइनलमा अमेरिकासँगको भेट पक्का गरेको हो । नेदरल्यान्डले पहिलो पटका महिला विश्वकपमा स्थान बनाएको हो । नेदरल्यान्डको जितमा अतिरिक्त समयमा ज्याकी ग्रोइनेनले गरेको गोल नै फाइनलमा स्थान बनाउन पर्याप्त बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९औं मिनेटमा ज्याकीले गोल गर्दै आफ्नो टोलीलाई फाइनलको बाटोमा डोर्याइन् ।

फाइनल आइतबार हुनेछ । यसअघि नै भएको पहिलो सेमिफाइनलमा संयुक्त राज्य अमेरिकाले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.