default_image

6 years ago

July 4, 2019

फेलिक्सलाई म्याड्रिडमा ७ नम्वर जर्सी !

143 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज युवा सनसनी जोआ फेलिक्सलाई ७ नम्वर जर्सी प्रदान गर्ने भएको छ ।

क्लबले यसै सिजन एन्टोइन ग्रिजमनले क्लब छाड्ने घोषणा गरेसँगै उनलै लगाउने ७ नम्वर जर्सी प्रदान गर्ने निर्णय गरेको हो ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगलका १९ वर्षीय युवा स्टार जोआ फेलिक्सलाई कीर्तिमानी मुल्य १ सय १४ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गरेको हो । क्लब र जोआले ७ वर्ष २०२६ जुन सम्म सम्झौता गरेक हुन् ।

क्लबले सामाजिक सन्जाल ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै १९ वर्षे मिडफिल्डरलाई स्वागत गरेको छ । सो भिडियोको क्याप्सनमा ‘स्वागतम जोआ फेलिक्स, उत्कष्ट खेलाडी’ लेखेर पोर्चुगिज स्टारलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ ।

खेलाडी सरुवा बजारमा जोआले पाएको रकम क्लब फुटबलकै पाँचौ ठुलो रकम हो । यसअघि नेयमार, केलियन एम्बाप्पे, फिलिप काउटिन्हो र उसमान डेम्बेले सर्वाधिक मुल्यमा किनिएका थिए ।
युवा फुटबलरको सरुवा बजारमा यो दोस्रो ठुलो रकम हो ।

गत वर्ष फ्रान्सेली फुटबलर केलियन एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन पीएसजीले १ सय ६५ मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

जोआले गत सिजनको घरेलु लिगको ४३ खेलमा २० गोल गर्दै युरोपका ठुला क्लबको नजर आफुमा खिच्न सफल भएका थिए । यो सिजन एट्लेटिकोबाट कप्तान डिएगो गोडिन, जुवान फ्रान, रोड्री र ग्रिजमनले क्लब छाडिसकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.