6 years ago
July 4, 2019
एजेन्सी – साविक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरु ३-० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।

खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत गर्दै पेरुलाई अगाडी बढाए । त्यसअघि चिलीले सातौं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । जान बोसेजरको क्रसमा चार्ल्स आरान्गिजको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलको ३८ औं मिनेटमा पेरुका लागि योशीमार योतुनले अग्रता दोब्बर पारे । चिलीका गोलरक्षक अरियासले पोजिसन बाहिर रहेर विङमा डिफेन्ड गर्न गएपछि क्यारिलोको लामो क्रसलाई योतुनले पेनाल्टी क्षेत्र बाहिरबाट गोलको दिशा दिए ।
दोस्रो हाफको इन्जुरी समयमा जुआन पाउलो गुरेरोले गोल गर्दै पेरुको फाइनल यात्रा तय गरे । उनले रेनाटो टापियाको पासमा गोल गरेका थिए । लगत्तै चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाएपनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाए ।
अब घरेलु टोली ब्राजिल र पेरुले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । ब्राजिलले यसअघि अर्जेन्टिनालाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]