default_image

6 years ago

July 5, 2019

रोवेनद्धारा व्यवसायिक खेल जीवनबाट सन्न्यास घोषणा

135 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्डका पुर्व खेलाडी तथा जर्नन क्लबका बायर्न म्युनिखका महान खेलाडी आर्जेन रोवेनले व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय रोवेनले सन् २०१७ मै राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए । त्यसयता क्लब फुटबलमा सक्रिय रहेका रोवेनले बिहीबार सम्पुर्ण व्यवसायिक खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् । रोवेनले बायर्न म्युनिखबाट ८ बुन्डेसलिगा उपाधि जितिसकेका छन् ।

सन् २००४ मा लन्डन क्लब चेल्सीमा आबद्ध भएका रोवेन त्यसपछि विश्व फुटबलमा उनी उदाएका थिए । उनी टोलीमा रहँदा चेल्सीले सन् २००४/०५ र २००५/०६ को सिजनमा लगातार प्रिमियर लिगको तथा एफए कपको उपाधि जितेका थिए । उनले दुई सिजन रियलमा बिताउदै २००९/१० मा जर्मनी पुगेका थिए ।

१९ वर्षको उमेरमा ग्रोनिइनको सिनियर टोलीबाट खेल्न शुरु गरेका रोवेनले १६ वर्ष व्यवसायिक खेल जीवनमा बिताए ।

उनले पीएसभी, चेल्सी, रियल म्याड्रिड र बायर्न चारै क्लबबाट उपाधि जितेका छन् । उनले आफ्नो खेल करियरको ४२० खेलमा १५१ गोल गरेका छन् । राष्ट्रिय टोलीबाट रोवेनले ९६ खेलमा ३७ अन्तर्राष्ट्रिय गोल गरेका छन् । २९ गोलको लागि सहायता गरेका छन् ।

रोवेनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन् । रोवेनकै उच्च प्रदर्शनमा नेदरल्याण्ड सन् २०१० को विश्वकपमा फाइनलसम्म पुग्न सफल भएको थियो । त्यतिबेला नेदरल्याण्ड स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.