default_image

6 years ago

July 5, 2019

‘मेस्सीसँग खेल्न आतुर छु’ – डी जोङ

107 views

0 Bookmark

एजेन्सी – डच मिडफिल्डर फ्रान्की डि जोङलाई क्याटलान क्लब बार्सिलोनाले क्लबमा सार्वजनिक गरेको छ ।

क्लबले गत जनवरी देखि नै डि जोङलाई क्लबमा अनुबन्ध गर्ने सार्वजनिक गरे अनुसार बिहीबार राति सार्वजनिक गरेको हो । उनलाई क्लबले ८६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । डि जोङ बार्सिलोनालाई चाहिने खेलाडी रहेको र उनमा जाभी, आन्द्रेस इनिएस्टा र सर्जियो बुस्क्वेट्सको जस्तै खेल्ने शैली र क्षमता रहेको क्लबको बुझाइ छ ।

क्लबमा सार्वजनिक भएसँगै क्लबको अफिसियल वेबसाइटमा जोङले बार्सिलोनामा खेल्ने ठुलो सपना रहेको त्यो पुरा हुदा खुशी रहेको बताएका छन् । ‘मलाई बार्सिलोना एक क्लबका रुपमा र खेल्ने शैली मन पर्छ । त्यसैले म यहाँ छु । यहाँ मेरो आइडल मेस्सी पनि छन् । उनीसँग खेल्न आतुर छु ,’ जोङले भने , ‘आयाक्स, बार्सिलोना र नेदरल्यान्डको खेल्ने शैली उस्तै छ । त्यसैले यहाँ मलाई आनन्दको महशुस हुनेछ ।’

पछिल्लो सिजन आयाक्सलाई लिग च्याम्पियन तथा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन  डि जोङको महत्त्वपूर्ण भूमिका रहेको थियो । उनलाई युरोपका ठूला क्लबले पछ्याएपनि बार्सिलोना नै रोजेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.