6 years ago
July 5, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को सेमिफाइनलमा घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । खेलपछि पत्रकारसँग बोल्दै अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले रेफ्रीले ब्राजिलको पक्ष लिएको अभिव्यक्ति दिए । ब्राजिलका कप्तान ड्यानी आल्भेसले पनि मेस्सीको उक्त अभिव्यक्तिको समर्थन गरेका छन् ।

राष्ट्रिय टोलीबाट लगातार असफल रहँदै आएका मेस्सी यसपटक कोपा अमेरिका उपाधिबाट राष्ट्रिय टोलीसँग उपाधि खडेरी तोड्ने लक्ष्यमा थिए । तर ब्राजिलले दुवै हाफमा १-१ गोल गर्दै अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा नै सिमित पारिदियो । ब्राजिलको जितमा प्रिमियर लिगका दुई स्टार रोबर्टो फिर्मिनो र ग्याब्रीएल जेससले समान १-१ गोल र एक अर्कालाई असिस्ट दिए ।
ब्राजिलविरुद्ध हारपछि आक्रोशित देखिएका मेस्सीले रेफ्रिका निर्णय ब्राजिलको पक्षमा रहेको आरोप लगाएका थिए । ‘ब्राजिल हामीभन्दा राम्रो खेलेको थिएन । उनीहरुले खेलको सुरुवातमै गोल गरे । तर दोस्रो गोल हुनुअघि हामीलाई पेनाल्टी दिनुपर्ने थियो जुन रेफ्रीहरुले ब्राजिलको पक्षमा निर्णय लिएका थिए,’ अगुएरोलाई पेनाल्टी क्षेत्रभित्र लडाएको घटना इंगित गर्दै मेस्सीले भने ।

‘ रेफ्रीले हामीलाई सामान्य फलमा पनि कार्ड देखाए । कतिपय अवस्थामा भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग पनि गरेनन् । खेल अवधिभर यस्तै भयो । रेफ्रीले अधिकांश निर्णय पहिलो नजरमै ब्राजिलको पक्षमा दिए । यसले गर्दा हामीले खेलमा लय समात्न सकेनौं,’ मेस्सीले थपे ।
मेस्सीले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले यसबारे गहन अध्ययन गर्नुपर्ने बताए । ‘ हामीले हारबाट बच्ने बाटो खोजेका हैनौं, तर यो खेललाई अध्ययन गर्न जरुरि छ । आशा छ कन्मेबलले यसलाई गम्भीरतापूर्वक लिएर उचित कदम चाल्नेछ,’ पराजित टोलीका कप्तान मेस्सीले टुंग्याए ।

यता ब्राजिलका कप्तान आल्भेसले पनि रेफ्रीहरुले खेलमा उचित निर्णय लिन नसकेको बताएका छन् । ‘ रेफ्रीहरु हामी खेलाडी भन्दापनि नर्भस देखिन्थे । म मेस्सीको भावना बुझ्न सक्छु,’ उनले भने, ‘ अर्जेन्टिनामा निकै राम्रा खेलाडी छन् । हामीले आफ्नो पक्षमा नतिजा निकाल्न निकै मिहिनेत गर्नुपर्यो । रेफ्रीले केहि कठिन निर्णय लिएपनि हामीले आफ्नो प्रदर्शनको भरमा नै खेल जित्न सक्यौं ।’
ब्राजिलले आइतबार हुने फाइनलमा पेरुको सामना गर्नेछ । चिली र अर्जेन्टिनाले भने एक दिन अघि तेस्रो स्थानको खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]