6 years ago
July 6, 2019
एजेन्सी – नयाँ सिजनको सुरुवात नजिकिंदै गर्दा युरोपका ठूला क्लबहरुले खेलाडी किनबेच सुरु गरिसकेका छन् । यसपटक क्लबहरुले मोटो रकम खर्चंदै खेलाडी अनुबन्धनमा खुलेर लागेका छन् ।
स्पेनमा रियल म्याड्रिडले इडेन हाजार्डसहित ५ खेलाडी अनुबन्ध गर्न ३ सय ५० मिलियन युरो खर्चेको छ भने एटलेटिकोले १ सय २० मिलियनमा जोआओ फेलिक्सलाई भित्र्याएको छ । बार्सिलोनाले पनि फ्रान्की डे जोङलाई क्लबमा आबद्ध गरिसकेको छ । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले क्लब कीर्तिमान मूल्यमा एटलेटिकोका मिडफिल्ड रोड्रीलाई खरिद गरेको छ ।
यसक्रममा केहि यस्ता ठूला ट्रान्सफर छन् जुन आउने दिनमा यस सिजनका लागि सम्भव देखिएका छन् :
५. रोमेलु लुकाकु

उमेर : २६ वर्ष
पोजिसन : फरवार्ड
हालको क्लब : म्यानचेस्टर युनाइटेड
सम्भावित गन्तव्य : इन्टर मिलान
सम्भावित ट्रान्सफर रकम : ७५ मिलियन युरो
४. माथिस डे लिग्ट

उमेर : १९ वर्ष
पोजिसन : डिफेन्डर
हालको क्लब : आयाक्स
सम्भावित गन्तव्य : युभेन्टस
सम्भावित ट्रान्सफर रकम : ७५ मिलियन युरो
३. एन्टोइन ग्रिज्मन

उमेर : २८ वर्ष
पोजिसन : फरवार्ड
हालको क्लब : एटलेटिको म्याड्रिड
सम्भावित गन्तव्य : बार्सिलोना
सम्भावित ट्रान्सफर रकम : १ सय २० मिलियन युरो
२. पल पोग्बा

उमेर : २६ वर्ष
पोजिसन : मिडफिल्डर
हालको क्लब : म्यानचेस्टर युनाइटेड
सम्भावित गन्तव्य : रियल म्याड्रिड
सम्भावित ट्रान्सफर रकम : १ सय ५० मिलियन युरो
१. नेयमार

उमेर : २७ वर्ष
पोजिसन : फरवार्ड
हालको क्लब : पेरिस सेन्ट जर्मेन
सम्भावित गन्तव्य : बार्सिलोना
सम्भावित ट्रान्सफर रकम : २ सय मिलियन युरो
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]