6 years ago
July 6, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि साविक विजेता चिली र अर्जेन्टिना भिड्दैछन् । पछिल्लो दुवै संस्करणको फाइनलमा खेलेका यी दुई टोली यसपटक भने तेस्रो स्थानका लागि खेल्दै छन् ।

अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग २-० ले पराजित भएको थियो भने चिलीलाई पेरुले ३-० को अन्तरले हराएको थियो । समूह चरणमा राम्रो प्रदर्शन गरेको चिलीले सेमिफाइनलमा भने अपेक्षित प्रदर्शन गर्न सकेन । यता अर्जेन्टिना भने प्रतियोगिता अवधिभर संघर्ष गरिरह्यो । तेस्रो स्थानको खेलमा जित दर्ता गर्दै दुवै टोली सुखद अन्त्य गर्ने प्रयासमा रहनेछन् ।
दुवै टोलीले दोस्रो रोजाइमा रहेका केहि खेलाडीलाई मैदानमा उतार्ने सम्भावना रहेको छ । अर्जेन्टिनाले प्रतियोगिता अवधिभर खासै मौका नपाएका फवार्ड पाउलो डिबालालाई खेलाउने सम्भावना रहेको छ । यस्तै मिडफिल्डमा पनि व्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । चिलीले आफ्नो मुख्य खेलाडीलाई विश्राम दिन सक्छ ।
अर्जेन्टिनाले पछिल्लो दुवै फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो । लगातार तेस्रो उपाधि जित्ने सपना तुहिएपछि चिलीले तेस्रो स्थानलाई लक्ष्य बनाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]