default_image

6 years ago

July 6, 2019

बार्सिलोना र ग्रिज्मनमाथि म्याड्रिडको गम्भीर आरोप

130 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र फरवार्ड एन्टोइन ग्रिज्मनले अघिल्लो सिजन चल्दाचल्दै एक अर्काबीच सहमति गरेको भन्दै स्पेनिस क्लब एटलेटिको म्याड्रिडले दुवै पक्षले क्लबको अनादर गरेको आरोप लगाएको छ ।

शुक्रबार एटलेटिकोले ग्रिजमनको अवस्थाबारे प्रेस विज्ञप्ति जारी गर्दै दुवै क्लब र खेलाडीले क्लबलाई लिएर नराम्रो व्यवहार गरेको बताएको छ । ग्रिज्मनले गत सिजन एटलेटिकोबाट खेलिरहेको बेलामा नै बार्सिलोनाले उनीसँग सम्झौता गर्नु लज्जास्पद भएको पनि बताएको छ । ट्रान्सफर नियमको उल्लंघन गर्दै बार्सिलोनाले चलेको कदमप्रति एटलेटिकोले खेद प्रकट गरेको छ ।

एटलेटिकोले जारी गरेको विज्ञप्तिअनुसार ग्रिज्मन आफैंले मे १४ तारिखमा क्लबका प्रमुख अधिकृत, प्रशिक्षक र क्लब निर्देशकलाई क्लब छाड्ने निर्णयको जानकारी दिएका थिए । तर क्लबका अनुसार ग्रिज्मन र बार्सिलोनाले त्यसअघि नै सम्झौता गरिसकेका थिए । फेब्रुअरी महिनामा युभेन्टसविरुद्ध च्याम्पियन्स लिगको दोस्रो लेग खेलेर फर्केपछि बार्सिलोना र ग्रिज्मनबीच सम्झौता भएको आरोप एटलेटिकोले लगाएको छ ।

एटलेटिकोले शुक्रबार नै बार्सिलोनासँग बैठक बसेर ग्रिज्मनको ट्रान्सफरबारे छलफल गर्दा उनको रिलिज कलज बराबर तोकिएको १ सय २० मिलियन युरो एकैपटक तिर्न आनकानी गरेपछि क्लबले उक्त प्रस्ताव नकारेको प्रष्ट पारेको छ ।

‘यसै महिनाको १ तारिखबाट ग्रिज्मनको रिलिज कलज २ सय मिलियन युरोबाट १ सय २० मिलियन युरो भएको छ । बार्सिलोनाले ग्रिज्मनलाई अनुबन्ध गर्ने प्रस्ताव राख्दा सबै रकम एकैपटक नतिर्ने बताएको छ । हामीले यसलाई एटलेटिको म्याड्रिड र यस क्लबका समर्थकलाई अनादर गरेको रुपमा लिएका छौं,’ क्लबको विज्ञप्तिमा लेखिएको छ, ‘यसैकारण हामीले ग्रिज्मनको एजेन्ट र वकिललाई सम्झौता अनुसार नै अर्को आइतबारदेखि प्रशिक्षणमा आउन निर्देशन दिएका छौं ।’

एटलेटिकोले विज्ञप्तिमा बार्सिलोना र ग्रिज्मनको व्यवहारलाई लिएर निकै निराशाजनक स्थिति सिर्जना गरेको पनि जनाएको छ । ‘एटलेटिको म्याड्रिड दुवै पक्ष, विशेषगरी बार्सिलोनाको व्यवहारको निन्दा गर्दछ । एक खेलाडी कुनै क्लबमा अनुबन्ध रहेको अवस्थामा, अझ भनौं क्लबको महत्त्वपूर्ण समय जहाँ च्याम्पियन्स लिगमा युभेन्टस र ला लिगामा बार्सिलोनासँगै प्रतिस्पर्धा गरिरहेको अवस्थामा सम्झौता गर्ने प्रयास गर्नु उचित कदम होइन । यसले खेलकुदको सामान्य मर्मको पनि अवहेलना गरेको छ । यसले हाम्रो क्लब र समर्थकहरुमाथि खराब नियत राखेको हामीले लिएका छौं ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.