default_image

6 years ago

July 7, 2019

चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड!

148 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो ।

खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । जिओभानी लो सेल्सोको पासलाई सदुपयोग गर्दै डिबालाले प्रतियोगिताको पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले अनावश्यक फल प्रहार गरिरहेका थिए ।

पहिलो हाफको ८ मिनेट समय बाँकी रहँदा चिलीका ग्यारी मेडेल र अर्जेन्टिनाका लिओनेल मेस्सीलाई रातो कार्ड देखाए । रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए । बल बाहिर गइसकेपछि मेडेलले मेस्सीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए । यो मेस्सीको करिअरको दोस्रो रातो कार्ड हो ।

दोस्रो हाफमा चिलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेल २-१को स्थितिमा ल्याए । थप गोल हुन नसक्दा अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो ।

कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु खेल्दैछन् । ब्राजिलले अर्जेन्टिना र पेरुले चिलीलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.