6 years ago
July 7, 2019
एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ को तेस्रो स्थानको मेडल लिन अस्विकार गरेका छन् ।

अर्जेन्टिनाले शनिबार राती भएको तेस्रो स्थानको खेलमा चिलीलाई २-१ ले पराजित गरेको थियो । खेलको ३७ औं मिनेटमा रेफ्रीले कप्तान मेस्सीसँगै चिलीका मिडफिल्डर ग्यारी मेडेललाई पनि रातो कार्ड देखाएका थिए । खेलपछि अर्जेन्टिनाका सबै खेलाडी मेडल लिनका लागि आउँदा मेस्सी भने उपस्थित रहेनन् ।
पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले भ्रष्टचारको साथ नदिन आफूले मेडल नलिएको धारणा व्यक्त गरे । ‘ मैले मेडल लिईन किनभने हामीलाई भ्रष्टचारको साथ दिनु छैन । यो समग्र कोपाकै बेइज्जत गरेजस्तो लागेको छ,’ उनले भने ।

मेस्सीले आफूलाई रातो कार्ड दिएको विषयमा पनि रेफ्रीमाथि आक्रोशित देखिए । ‘ दुवै खेलाडीलाई अधिकतम पहेंलो कार्ड हुनुपर्ने अवस्था थियो । भिडियो रेफ्रीको सहायता पनि लिइएन । तर मैले पछिल्लो खेलपछि रेफ्रीको बारेमा बोलेको कारण मलाई रातो कार्ड दिइएको होला,’ उनले थपे, ‘ हाम्रो टोलीले अन्तिम खेलमा राम्रो प्रदर्शन गर्यौं । अब यो प्रतियोगितामा भएका सबै कुरा बिर्सेर अगाडी बढ्नुपर्छ । म आफ्नो टोलीले देखाएको मिहिनेतलाई लिएर एकदम खुसी छु । सुरुवात खराब भएपनि हामीले अन्त्य राम्रो गर्यौं ।’
मेस्सीले पेरु र ब्राजिलबीच हुने फाइनल खेलमा पनि रेफ्रीको भूमिकालाई लिएर शंका व्यक्त गरे । ‘आशा गरौँ रेफ्री र भीएआरले पेरुलाई खुलेर खेल्ने अवसर दिनेछन् । म त्यो सहज हुने देख्दिन । म सधैं साँचो बोल्छु र त्यसले मलाई संयमित बनाउँछ । त्यसले मलाई केहि असर गर्छ भनेपनि झेल्न तयार छु ,’ उनले टुंग्याए ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]