default_image

6 years ago

July 7, 2019

युभेन्टससँग थप उपाधि जित्नेमा रोनाल्डो आशावादी

134 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टससँग दोस्रो सिजनमा थप उपाधि जित्ने आशा व्यक्त गरेका छन् ।

गत सिजन रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई सिरी ए उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा पनि युभेन्ट्सका लागि राम्रो प्रदर्शन गरे । तर उनले टोलीलाई उपाधिसम्म डोर्याउन सकेनन् । रोनाल्डोले नकआउट चरणमा युभेन्टसका लागि सबै गोल गरेपनि आयाक्ससँग हार टार्न असफल रहे ।

रोनाल्डोले यूईएफए नेसन्स लिगमा पोर्चुगललाई उपाधि जिताए । यसक्रममा उनले सेमिफाइनलमा स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक पनि पूरा गरेका थिए । रोनाल्डोले अन्तर्राष्ट्रिय र कल्ब दुवैतर्फ गत सिजन राम्रो प्रदर्शन गरे । गोलसंख्याको हिसाबमा भने रोनाल्डोको लागि सिजन त्यति राम्रो हुन सकेन । उनले सबै प्रतियोगिता गरेर जम्मा २८ गोल मात्र गर्न सके ।

रोनाल्डोले अर्को सिजन थप सफलता हात पार्न तयार रहेको बताए । ‘ म सधैं तयार नै छु । म अर्को सिजन अझ राम्रो पार्न चाहन्छु र त्यहि मेरो लक्ष्य हो । हरेक वर्ष म आफूलाई सुधार्दै उपाधि थप्ने लक्ष्यमा हुनेछु,’ उनले भने । रोनाल्डो अहिले छुट्टीमा रहेका छन् । उनले यसपटक आफ्नो गृहनगर मदेइरा घुम्ने योजना बनाएका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.