6 years ago
July 7, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिल र पेरु भिड्दैछन् । प्रतियोगितामा अपराजित रहेको ब्राजिल उपाधिको बलियो दाबेदार समेत हो ।

यी दुई टोलीले पछिल्लो पटक यसै प्रतियोगिताको समूह चरणमा खेलेका थिए । ब्राजिलले उक्त खेलमा ५-० को फराकिलो जित दर्ता गरेको थियो । त्यसयता भने पेरुले आफ्नो प्रदर्शन सुधार्दै नकआउट चरणका दुवै खेलमा जित दर्ता गरेको छ । ब्राजिलले भने आफ्नो लयलाई कायम राख्दै फाइनलमा स्थान पक्का गरेको हो ।
ब्राजिलको फाइनल यात्रा :
सेमिफाइनल : ब्राजिल २-० अर्जेन्टिना
क्वाटरफाइनल : ब्राजिल ०-० पाराग्वे (४-३ ले विजयी)
समूह चरण : ब्राजिल ५-० पेरु
ब्राजिल ०-० भेनेजुएला
ब्राजिल ३-० बोलिभिया
पेरुको फाइनल यात्रा :
सेमिफाइनल : पेरु ३-० चिली
क्वाटरफाइनल : उरुग्वे ०-० पेरु (५-४ ले विजयी)
समूह चरण : पेरु ०-५ ब्राजिल
पेरु ३-१ बोलिभिया
पेरु ०-० भेनेजुएला

ब्राजिल र पेरुको पछिल्लो ५ नतिजा :
ब्राजिल ५-० पेरु
ब्राजिल २-० पेरु
ब्राजिल ०-१ पेरु
ब्राजिल ३-० पेरु
ब्राजिल २-१ पेरु
ब्राजिलले पछिल्लो ३ खेलमा जित दर्ता गर्दै १५ खेलमा अपराजित रहेको छ । ब्राजिलले पछिल्लो ७ खेलदेखि गोल खाएको छैन । ब्राजिलले पछिल्लो खेलमा डिफेन्डर फिलिपे लुइसलाई चोटको कारण प्रयोग गर्न सकेको थिएन । यस खेलमा फिट भएको अवस्थामा उनी पहिलो रोजाइमा फर्कनेछन् । ब्राजिलका लागि विलियनले यस खेल तिघ्राको चोटका कारण गुमाउनेछन् ।
पेरुले प्रतियोगितामा सुधारिएको प्रदर्शन गर्दै आएको छ । टोलीका अनुभवी विंगर जेफरसन फार्फान चोटका कारण खेल्नेमा शंका रहेको छ । उनले खेल्न नसकेको खण्डमा आन्द्रे क्यारिलो र एडिसन फ्लोरेसले दुइतर्फ विंगमा खेल्नेछन् ।

खेलको जानकारी:
खेल हुने मिति : ८ जुलाई २०१९ (नेपाली समयअनुसार)
खेल सुरु हुने समय : १:४५ बजे (नेपाली समयअनुसार)
मैदान : माराकाना रंगशाला, रियो डे जानेरिओ
रेफ्री : रोबर्टो टोबार, चिली
सम्भावित सुरुवाती ११ :
ब्राजिल : एलिसन बेकर, थियागो सिल्भा, मार्किन्हस, ड्यानी आल्भेस, फिलिपे लुइस, क्यसेमिरो, आर्थर, फिलिपे कोउटिन्हो, एभरटन, रोबर्टो फिर्मिनो, ग्याब्रीएल जेसस
पेरु: पेड्रो गलेसे, लुइस अब्राम, मिगुएल ट्राउको, कार्लोस जाम्ब्रानो, लुइस एड्भिनकुला, क्रिस्टियन कुएभा, रेनाटो टापीया, आन्द्रे क्यरिलो, योशिमार योतुन, एडिसन फ्लोरेस, जोसे पाउलो गुरेरो
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]