6 years ago
July 7, 2019
एजेन्सी – फरवार्ड सुनील क्षेत्रीले पहिलो हाफमै दुई गोल गरेपनि भारत हिरो इन्टरकन्टिनेन्टल कपको पहिलो खेलमा ताजिकिस्तानसँग ४-२ ले पराजित भएको छ ।

खेलको चौथो मिनेटमा नै भारतले अग्रता लिएको थियो । सुनीलले पेनाल्टीमा गोल गर्दै भारतलाई अगाडि बढाएका थिए । पहिलो हाफको अन्तिम समयमा सुनीलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारे । सुनीलले पहिलो गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सुचिमा मेस्सीलाई पनि पछि पारेका थिए ।
दोस्रो हाफको ५६ औं मिनेटमा कोमोरोनले गोल गर्दै ताजिकिस्तानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । त्यसको दुई मिनेटमै बोबोएभले गोल गर्दै ताजिकिस्तानलाई बराबरीमा ल्याए । ७१ औं मिनेटमा रहिमोभले ताजिकिस्तानलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि सामिएभले गोल गर्दै ताजिकिस्तानको अग्रता दोब्बर पारे ।
ताजिकिस्तानले यस जितसँगै ३ अंक जोडेको छ । प्रतियोगितामा यी दुई टोलीसँगै उत्तर कोरिया र सिरिया सहभागी रहेका छन् । प्रतियोगिताको फाइनलमा जुलाई १८ मा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]