6 years ago
July 9, 2019
एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०१९ अन्तर्गत रेफ्रीको निर्णयप्रति दिएको प्रतिक्रियालाई लिएर समस्यामा पर्ने देखिएको छ । दक्षिण अमेरिकाको फुटबल संघ (कन्मेबल) ले उनको प्रतिबन्ध बढाउने तयारी गरेको छ ।

ब्राजिलविरुद्ध सेमिफाइनल खेलमा पराजित भएपछि मेस्सीले रेफ्रीले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको खेलमा मेस्सीले रातो कार्ड पाएपछि उनले प्रतियोगितामा रेफ्रीहरुको स्तरमाथि प्रश्न उठाउँदै आफूप्रति रिस फेरेको अभिव्यक्ति दिएका थिए । चिलीविरुद्ध रातो कार्ड पाएसँगै मेस्सीले अर्जेन्टिनाको लागि अर्को खेल खेल्न पाउने छैनन् ।
तर कन्मेबलले मेस्सीले दिएको अभिव्यक्तिलाई लिएर उनलाई थप कारवाही गर्ने बुझिएको छ । सन् २०१७ मा रेफ्री एमर्सन अगुस्टोको निर्णयप्रति असहमति देखाउँदै दिएको अभिव्यक्तिलाई लिएर मेस्सीले ४ खेलको प्रतिबन्ध भोगेका थिए । पछि उक्त प्रतिबन्धलाई १ खेलमा झारिएको थियो ।
यसपटक भने मेस्सीलाई एक खेल मात्र थप कारवाही भए उनले दुई खेल गुमाउनेछन् । अर्जेन्टिनाले अब विश्वकप छनोट अन्तर्गत खेल सुरु गर्नेछ । छनोटका सुरुवाती केहि खेलमा भने मेस्सी उपलब्ध नहुने सम्भावना रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]