6 years ago
July 9, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमार सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सहभागी नभएपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले असन्तुष्टि व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ ।

नेयमारले सिजन सकिएलगत्तै पीएसजी छाडेर बार्सिलोना फर्कने इच्छा व्यक्त गरेका थिए । तर दुई क्लबबीच सहमति नहुँदा उनको बार्सिलोना फर्कने इच्छा पूरा हुन सकेको छैन । पीएसजीले नेयमारले क्लबको नियमको अटेर गर्दै प्रशिक्षणमा सामेल नभएपछि कारवाही हुनसक्ने बताएको छ ।
क्लबको विज्ञप्तिमा उल्लेख छ, ‘सोमबार, जुलाई ८ तारिखको दिन क्लबले नेयमारलाई अन्य खेलाडीझैं नयाँ सिजनको सुरुवातका लागि क्लबमा बोलाएको थियो । क्लबले नेयमारलाई तोकिएको स्थान र समयमा उपलब्ध नभएको र यसबारे पूर्वजानकारी पनि क्लबले पाएको छैन । यस स्थितिको क्लब निन्दा गर्दै उचित कारवाही अगाडी सारिने प्रष्ट पार्न चाहन्छ ।’
नेयमार यसै साता ब्राजिलले कोपा अमेरिका २०१९ जित्दा ब्राजिलमा नै थिए । उनले मैदानमा नै पुगेर फाइनल खेल हेरेका थिए । वार्मअप खेलका दौरान चोट बोकेपछि प्रतियोगिता गुमाएका नेयमारले क्लबमा भने छिट्टै फर्कने अपेक्षा गरिएको थियो । तर उनी व्यक्तिगत कार्यमा व्यस्त रहेकाले प्रशिक्षणमा आउन नसकेको बुझिएको छ ।
नेयमारकै नाममा स्थापित रेड बुल नेयमार जुनियर – ५ ए साइड प्रतियोगिताको अन्तिम चरण शुक्रबार र शनिबार ब्राजिलमा हुँदैछ । नेयमारले उक्त कार्यक्रम सकेपछि मात्र क्लब फर्कने बुझिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]