6 years ago
July 19, 2019
एजेन्सी – बार्सिलोनाका प्रशिक्षक इर्निस्टो भाल्र्भेडेले क्लबमा आबद्ध भएका दुई स्टारबाट क्लब र समर्थकले महत्वपूर्ण प्रदर्शनको अपेक्षा राखेको प्रष्ट पारेका छन् । हालै बार्सिलोनाले हालै एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङलाई भित्राएको थियो ।

डी जोङलाई टोलीका लागि भविष्यको भरपर्दो खेलाडीका रुपमा हेरिएको छ । अर्को तिर एट्लेटिको म्याड्रिडका पूर्व सुपर स्टार ग्रिजमनमाथि आफुलाई प्रमाणित गर्ने चुनौति रहेको छ । २२ वर्षे डि जोङ ६७ मिलियन पाउन्ड र ग्रिजमन १ सय ७ मिलियन पाउन्डमा यो समरमा बार्सिलोना पुगेका थिए ।
दुवैबाट उच्च प्रदर्शनको अपेक्षा गरिएको प्रशिक्षक भालभेर्डेले बताएका छन् । डि जोङका विषयमा चर्चा गर्दै उनले भने , ‘आयाक्सले जस्तै पछिल्लो सिजन उनले पनि उच्च प्रदर्शन गरे । उनले मिडफिल्डमा ताजगी दिनेछन् । उनी भविष्यका लागि हेरेर लिइएका खेलाडी हुन् । उनी त्यस्तो क्षमता भएका खेलाडी हुन् जसले आउने धेरै वर्ष उच्च प्रदर्शन गर्न सक्छन् ।’
भालभेर्डेले २८ वर्षे ग्रिजमनबाट ठूलो अपेक्षा गरेको बताएका छन् । ‘ला लिगाको उनीलाई अनुभव छ । डि जोङलाई भन्दा उनलाई यहाँको स्तर थाहा छ,’ उनले भने, ‘उनी तीब्र गतिका खेलाडी हुनुका साथै उत्कृष्ट फिनिसर पनि हुन् । हामीले उनीमाथि ठूलो भरोसा गरेका छौं । उनी जस्तो खेलाडी टोलीमा हुनुको महत्व हामीलाई राम्ररी थाहा छ । ‘
बार्सिलोनासँग सन् २०२४ को जुनसम्मका लागि सम्झौता गरेका ग्रिजमनले बार्षिक १५ मिलियनको आसपासमा कमाउने अपेक्षा गरिएको छ । जुन एट्लेटिकोमा भन्दा निकै बढी हो ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]